बर्दियामा थप ३ जनामा संक्रमण पुष्टि
सोमबार, कार्तिक २२, २०७८ मा प्रकाशित

बर्दिया, कात्तिक २२ (फरकसमाचार) / जिल्लामा थप ३ जनामा कोरोना संक्रमण सोमबार पुष्टि भएको छ । १ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ७ हजार ४ सय ७७ पुगेको छ ।

त्यसैगरी सोमबार २ जना संक्रमणमुक्त भएका छन् । संक्रमण मुक्त हुनेको संख्या ७ हजार २ सय ७ पुगेको छ । ५३ जनामा भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमित मध्ये ४८ जना होम आईसोलेसनमा र ५ जना अस्पतालमा उपचाररत छन् ।

जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय १७ पुगेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय