गुलरियामा गणेशमान सिंहको शालिक अनावरण
बिहिबार, कार्तिक २५, २०७८ मा प्रकाशित

बर्दिया,कात्तिक २५

(फरकसमाचार)

नेपाली काँग्रेसका पुर्व महामन्त्री तथा पुर्व उप–प्रधानमन्त्री प्रकाशमान सिंहद्वारा जिप्रका चोकमा नवनिर्मित गणेशमान सिंहको शालिक बुधबार अनावरण गरिएको छ ।

नेपाली काँग्रेसका सर्वोच्च नेता, ऐतिहासिक जनआन्दोलनका कमाण्डर लौह पुरुष गणेशमान सिंहको १०७औं जन्मजयन्तीको अवसरमा शालिक अनावरण गरिएको हो । जिप्रका चौकलाई गणेशमान चौक नामाकरण समेत गरिएको छ । शालिकको अनावरण गर्दै यसको संरक्षण गर्न सबैलाई प्रकाशमान सिंहले आग्रह गरेका थिए ।

संजय कुमार गौतमको सांसद विकास कोषबाट बिनियोजित रकमबाट शालिक निर्माण भएको गणेशमान सिंह उपभोक्ता समितिका अध्यक्ष कैलाश प्रसाद अधिकारीले बताए ।

उपभोक्ता समितिका अनुसार श्रमदानसहित १० लाख ५० हजारको लागतमा हाईमष्ट लाईट जडान गरिएको छ । ११ लाख ३० हजारको गणेशमान सिंहको मुर्ति खरिदमा खर्च भएको छ ।

त्यसैगरी मार्बल, रेलिङ्गसहित सम्पुर्ण फाउन्डेशन निर्माणमा श्रमदानसहित ५ लाख ५० हजार लागत लागेको अध्यक्ष अधिकारीले जानकारी दिए । उपभोक्ता समितिका अध्यक्ष, सचिव र उपाध्यक्षलागयत सदस्यहरुको सहयोगमा १५ हजारको लागतमा शिलालेख राखिएको छ । शालिक अनावरण कार्यक्रममा नेपाली काँग्रेसका नेता कार्यकर्ता तथा स्थानीयले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर