महोत्तरी, कात्तिक २५ । महोत्त" />
छठमा साडीमा आगो लागेर गम्भीर घाइते भएकी महिलालाई काठमाडौं पठाइयो
बिहिबार, कार्तिक २५, २०७८ मा प्रकाशित

महोत्तरी, कात्तिक २५ । महोत्तरी सदरमुकाम जलेश्वरको साहुजीपट्टीस्थित छठघाटमा छठपर्व मनाउने क्रममा साडीमा आगो लागेर गम्भीर घाइते भएकी महिलालाई काठमाडौं पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गएराति १० बजे छठघाटमा पूजाको दिप प्रज्ज्वलन गर्ने क्रममा जलेश्वर नगरपालिका-६ बस्ने ८८ वर्षीया फूलकुमारी कर्णको साडीमा आगो सल्किएकाले उनी गम्भीर घाइते भएकी थिइन् ।

आगोले महिलाको हात, खुट्टा र शरीरका विभिन्न भागमा पोलेकाले उपचारका लागि तत्काल जलेश्वर जिल्ला अस्पताल लगिएकामा थप उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको थियो । तर  त्यहाँ पनि उपचार सम्भव नभएपछि गएराति नै काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय