बर्दियामा ३ जनामा संक्रमण पुष्टि,३ जना संक्रमण मुक्त
बिहिबार, कार्तिक २५, २०७८ मा प्रकाशित

बर्दिया, कात्तिक २५ (फरकसमाचार) / जिल्लामा बिहीबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३ जना संक्रमण मुक्त भएका छन् ।

योसंगै संक्रमण मुक्त हुनेको संख्या ७ हजार २ सय १६ पुगेको हो । संक्रमण दर पुर्ण रुपमा रोकिएको छैन । दिन प्रतिदिन धेरथोर संक्रमण पुष्टि भएको रेकर्डले पुष्टि गर्छ ।

जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ७ हजार ४ सय ८९ पुगेको छ । ५६ जनामा भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमित मध्ये ४८ होम आईसोलेसनमा र ८ जना अस्पतालमा उपचाररत छन् ।

जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय १७ पुगेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय