बढैयातालमा पिकनिक खानेको भिडभाड बढ्दै
शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित

बर्दिया,कात्तिक २६ / जिल्लाको ठूलो तालको रुपमा परिचित बढैयातालको आफ्नै पहिचान र रौनकता रहेको छ । हरेक वर्ष यहाँ पिकनिक खाने, घुम्नेको भिड लाग्ने गर्दछ । हरेक बर्षमा पिकनिक खानेको उत्तिकै घुइचो लाग्ने गर्दछ ।

तिहारमा देउसी भैली खेलेर जम्मा भएको पैसाले पिकनिक खाना आउनेको भिडभाड बढेको छ । पर्यटकको रोजाईमा बढैयाताल यतिबेला दैनिक हजारौको संख्यामा पिकनिक खान मानिसको भिड लाग्ने गर्दछ । देउसी भैली खेलेको रकमले बढैयाताल पिकनिक स्थलमा मान्छेको भिडले खेतमै पिकनिक स्थल बनाई भिड लाग्ने गरिएको पिकनिक खाना आएका स्थानिय शम्भुप्रसाद थारुले बताए ।

चारैतिर बाजाको स्वरले रौनक उत्तिकै थियो । नेपालगन्ज देखि करिव २० किलोमिटर टाढा रहेको बढैयातालमा तिहार लगत्तै पिकनिक खानेको भरिभराउ हुने गर्दछ । पिकनिक खान आउने विभिन्न समुदायका मानिसहरु बढैयाताल पुग्ने गर्दछन् ।

हरेक टिमले आ–आफ्नै तरिकाले बाजागाजा तथा भेषभुषामा सजिएर आएका हुन्छन् । हरेक बर्ष यहाँ मेला जस्तै पिकनिक खाना आउनेको भिड देख्न सकिने थारुले बताए ।

यतिवेला पिकनिक खाना आउनेको त्यस दिनको रौनक नै बेग्लै हुने गर्दछ । थारु समुदाय तथा बर्दियाको बढैयाताल गाउँपालिका स्थित रहेको बढैयाताल बर्दियाकै ठूलो ताल हो । बर्दियालाई चिनाउन बढैयातालको महत्व पनि फरक रहेको छ । बढैयातालको विशेषता नै बढैयातालको अवलोकन र त्यहाँको माछा रहेका छन् । माछाका स्वाद लिन बर्दिया, दाङ, सुर्खेत, कर्णाली क्षेत्र लगायतका विभिन्न जिल्लाका मानिस बढैयाताल पुग्ने गर्दछन् ।

बढैयातालमा माछा, कछुवा, चराचुरुङगी तथा वातावरणीय मनमोहक दृश्य भएको बढैयाताल पर्यटकको लागि महत्वपूर्ण स्थलको रुपमा परिचित छ । बढैयातालमा माछा, कछुवा, चराचुरुङगी तथा वातावरणीय मनमोहक दृश्य भएको बढैयाताल पर्यटकको लागि महत्वपूर्ण स्थलको रुपमा परिचित रहेको बढैयाताल संरक्षण समितिका अध्यक्ष ठाकुर सिंह थारुले बताए ।

देउसी भैलीको रकमले यहाँको स्थानिय बर्षेनी पर्यटकिय क्षेत्र बढैयातालमा पुग्ने गर्दछन् । दैनिक पिकनिक खाना आउनेको भिड हुन्छ । हरेक पिकनिक टिमसंग समितिले ५ सयको दरले सरसफाई खर्च भनेर लिने गरेको छ । पिकनिक स्पोर्टमा खाना पकाउने स्थल, पानीको व्यवस्था, चर्पीको व्यवस्था, डुङगा चढ्ने सुविधा, विजुलीको सुविधा समेत रहेको समितिले जनाएको छ । स्रोत सगरमाथा गन्तब्य

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय