गृहमन्त्रीलाई वरिष्ठ अधिवक्ता कार्कीको फोन : आधा घण्टाभित्र सर्वोच्च परिसरबाट सुरक्षाकर्मी हटाउनुस्
शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित

काठमाडौं, कात्तिक २६ । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले गृहमन्त्री बालकृष्ण खाँणलाई फोन गरेर सर्वोच्च अदालत परिसरबाट सुरक्षाकर्मीहरु आधा घण्टाभित्र हटाउन आग्रह गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु आन्दोलनरत छन् । नेपाल बार एशोसिएसनको आह्वानमा कानुन व्यवसायीहरुले शुक्रबार सर्वोच्च अदालतको मूल गेटमा नै धर्ना दिएका छन् ।

धर्नाकारीहरुलाई रोक्न सर्वोच्च परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

त्यसप्रति आपत्ति जनाउँदै वरिष्ठ अधिवक्ता कार्कीले धर्ना स्थलबाटै गृहमन्त्रीलाई फोन गरेका छन् । कानुन व्यवसायीहरुका कारण अदालत असुरक्षित नहुने भन्दै उनले गृहमन्ीलाई भनेका छन्, ‘आधा घण्टाभित्र सर्वोच्च अदालत परिसरबाट सुरक्षाकर्मी हटाउनुस्, होइन भने राम्रो हुँदैन ।’अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर