कात्तिक २६ /इलाका प्रहरी क" />
डिएसपी तिमिल्सिनाको निधन
शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित

काठमाडौं,कात्तिक २६ /इलाका प्रहरी कार्यालय कञ्चनरुपमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकनाथ तिमिल्सिनाको निमोनियाबाट निधन भएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँमा उपचारका क्रममा उहाँको आज विहान निधन भएको जिप्रका सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

दसैँअघि बिरामी भएका प्रनाउ तिमिल्सिनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारार्थ भर्ना गरिएको थियो । यसपछि धरानबाट नोबेल अस्पताल विराटनगरमा उपचारार्थ भर्ना हुनुभएका उनको अवस्था गम्भीर भएपछि हेलिकोप्टर मार्फत लागि प्रहरी अस्पताल पुर्याइएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय