काठमाडौं, कात्तिक २६ । पेट्रो" />
संयुक्त विद्यार्थी संगठनद्वारा आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना
शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित

काठमाडौं, कात्तिक २६ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै विद्यार्थी संगठनहरुले नेपाल आयल निगमको कार्यालय अगाडि धर्ना दिएका छन् ।

मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दवाव दिने उद्देश्यले शुक्रबार बिहान १० बजेबाट विद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् ।

धर्नामा सहभागीहरुले खाना पकाउने ग्यास लगायतका पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिनुपर्ने र नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले राजीनामा दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

धर्नामा सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत दल सम्बद्ध विद्यार्थी संगठनका नेताहरु सहभागी थिए ।

पेट्रोलियम पदार्थको पछिल्लो पटक मूल्यवृद्धि गरिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियुले पनि सरकारविरुद्ध आन्दोलन गर्दै आएको छ ।

सरकारले पछिल्लो पटक यही कात्तिक २४ गते पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको थियो । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाइएको छ ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय