बर्दियामा अबैध कपडासहित दुई पक्राउ
शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित

बर्दिया,कात्तिक २६ (फरकसमाचार) / भारतबाट भन्सार छली अबैध रुपमा ल्याउदै गरेको कपडासहित दुई जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । प्रहरीले गुलरिया नगरपालिका–८ स्थित चेकजाँच गर्ने क्रममा दुबै जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–१ कौशिलानगरका २४ वर्षिय गणेश परियार र ३६ वर्षिय मिन बहादुर परियार रहेका छन् । प्रहरी निरीक्षक हरिहर खड्का क्षेत्रीको नेतृत्वमा खटिएको प्रहरीले दुबै जनालाई भारतबाट अबैध रुपमा कपडा ल्याई रहेको अवस्थामा पक्राउ गरेको हो ।

बरामद भएको कपडा मुल्य रु ४६ हजार ६ सय ५० बराबर रहेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । प्रहरीले कपडासहित दुवैलाई राजापुर भन्सार कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय