मुक्तक
शनिबार, कार्तिक २७, २०७८ मा प्रकाशित

दिपक संगम विश्वकर्मा
टीकापुर, कैलाली नेपाल

चाईनाको माल टिक्दैन किन
जुम्लाको स्याउ बिक्दैन किन
हामी सधै भारतको फलफुल खान्छौ
स्वदेश फल खान सिक्दैनौ किन

मेरो सिमाना यति हो भनी दावी हुनु पर्छ
अरू हैन आफ्ने हात मा चावी हुनु पर्छ
सत्ता चलाउन हावादारि गफले हुदैन
देश चलाउने नेता राम्रो छवि हुनु पर्छ

खुवि भाको, नेता देश, मिलायर जान्छ
फाटेको छ, भने अझै, सिलायर जान्छ
देश हाक्न, दादागिरी, भष्टाचार गरे पछी
हेरि राख्नु, एक त्यो, विलायर जान्छ

सहि विचार, नीति नियम काफी हुनु पर्छ
के कति कमजोर छ नापी हुनु पर्छ
काम गर्दा कहिले काहीँ चुकिन सक्छ
सुधार्न लाई एक पटक माफी हुनु पर्छ

मेची बेचियो कैले काली बेचियो
खोला बेचीयो कैले नाली बेचियो
देश हाक्ने राम्रो राजनेता न हुदा
आफ्नो खेत अनि आली बेचियो

प्रतिक्रिया

सम्बन्धित खवर