बर्दियामा थप ७ जनामा संक्रमण पुष्टि,४ जना संक्रमण मुक्त
शनिबार, कार्तिक २७, २०७८ मा प्रकाशित

बर्दिया, कात्तिक २७ (फरकसमाचार) / जिल्लामा थप ७ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । ३ महिला र ४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ७ हजार ५ सय पुगेको छ । त्यसैगरी शनिबार ४ जना संक्रमणमुक्त भएका छन् । संक्रमण मुक्त हुनेको संख्या ७ हजार २ सय ३० पुगेको छ । ५३ जनामा भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमित मध्ये ४५ जना होम आईसोलेसनमा र ८ जना अस्पतालमा उपचाररत छन् ।

जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय १७ पुगेको छ । कोभिड–१९ बिरुद्ध जिल्लामा १ लाख १४ हजार ६ सय २५ जनालाई पहिलो डोज खोप लगाईएको छ भने १ लाख ७ सय ३४ जनालाई दोस्रो डोजको खोप लगाईएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय