संचारकर्मीसंग नेतृत्व र निर्णय सम्बन्धि अन्तरक्रिया
सोमबार, कार्तिक २९, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया,कात्तिक २९ / बी–ग्रुप बाँकेद्वारा संचालित नेतृत्व र निर्णय परियोजना अन्र्तगत संचारकर्मीसंग आइतबार अन्तरक्रिया गरिएको छ । बी–ग्रुप बाँकेको आयोजना, स्वास्थ्य कार्यालय बर्दियाको समन्वय र प्लान इन्टरनेशल नेपालको आर्थिक सहयोगमा अन्तरक्रिया भएको हो । किशोरीहरुले आफ्नो जिवनमा आफ्नो शरिरको नियन्त्रण, आफैले निर्णय गर्न सक्ने गरी परिवर्तनकारी नेतृत्व गर्ने मुल उदेश्यकासाथ परियोजना संचालन भईरहेको परियोजना संयोजक सुर्य नेपालीले जानकारी दिए ।

यस परियोजनाले किशोरीहरुको स्वतन्त्ररुपमा यौन प्रजनन स्वास्थ्य अधिकारमा आफैले निर्णय गर्न सक्ने क्षमताको विकास हुने परियोजनाले विश्वास लिएको छ । नेतृत्व र निर्णय परियोजना बर्दिया र बाँकेमा संचालित छ । बर्दियाको बारबर्दिया नगरपालिकाको वडा नम्बर ३ र ५ त्यसैगरी मधुवन नगरपालिकाको वडा नम्बर १ र २ मा परियोजना संचालन भईरहेको छ ।

बाँकेको खजुरा गाउँपालिकाको वडा नम्बर ४ र ५ मा परियोजना संचालन भईरहेको संयोजक नेपालीले बताए । किशोरीहरुको नेतृत्व विकासमा परियोजनाले चालु आर्थिक वर्षमा बर्दिया र बाँकेमा ७१ लाख ९७ हजार ९ सय १५ खर्च गर्नेछ ।

स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरीले किशोरावस्थामा किशोरकिशोरीमा हुने शारिरीक तथा मानसिक परिर्वतनका बारेमा जानकारी गराएका थिए । किशोरावस्थामा किशोरकिशोरीले सही गलत छुट्याउन सक्दैनन् । जसले गर्दा उनीहरुले गलत निर्णय गर्न पुग्छन् ।

२० वर्ष पुरा भएपछि विवाह गर्ने नियम भए पनि गाउँमा पुर्ण रुपमा लागु नभएको जनस्वास्थ्य निरीक्षक चौधरीले औल्याए । उमेर नपुग्दै आफुखुसी किशोरकिशोरी भागेर विवाह गरेको पाइन्छ । उमेर नपुगी बच्चा जन्माउँदा बच्चा र आमाको स्वास्थ्यमा नकारात्क असर पर्छ । यस्ता किसिमका समस्या न्युनिकरण गर्न यौन प्रजनन स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु विद्यालयहरुमा निरन्तर चलाउनुपर्ने जनस्वास्थ्य निरीक्षक चौधरीले सुझाएका थिए ।

नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यले संचारकर्मीहरुलाई परियोजनाको बारेमा जानकारी गराएकोमा आयोजक संस्थालाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय