बर्दिया,कात्तिक २९ (फरकसमाचार)
सरकारी कागजात किर्ते मुद्दाका फरार कसुरदारलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ बस्ने चन्द्र बहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालतले सुनारलाई ०७५ साल बैशाख २७ गते सरकारी कागजात किर्ते मुद्दामा १ महिना कैद सजाय र रू ५० जरिवाना तोकेको थियो ।
अदालतले कैद सजाय र जरिवाना तोकेदेखि सुनार फरार रहेका थिए । ईलाका प्रहरी कार्यालय बग्नाहबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा सुनारलाई पक्राउ गरी सजाय र जरिवाना भुक्तान गर्न जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय गुलरियाका सुचना अधिकारी डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।