उपचारको बहानामा बलात्कार गर्ने वृद्ध पक्राउ
मङ्गलबार, कार्तिक ३०, २०७८ मा प्रकाशित

बर्दिया,कात्तिक २९ (फरकसमाचार)

उपचार गर्ने बहानामा बालिकालाई बलात्कार गर्ने वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार गरेर भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले वृद्धलाई पक्राउ गरेको हो ।

पिडित बालिका बिगत एक वर्ष देखि मृर्गी रोगको उपचार गराई रहेही थिईन् । मृर्गी रोगको उपचार गर्ने बहानामा वृद्धले बालिकालाई आफ्नै घरमा बलात्कार गरेको खुलेको छ । गत मंगलबार बिहान १० बजेको समयमा आफ्नै घरमा उपचार गर्ने निहुमा बालिकालाई बलात्कार गरेको उपचार गर्न आएका अर्का व्यक्तिले देखेका थिए

उपचार गर्न आएका अर्का व्यक्तिले बालिकालाई बलात्कार गरेको देखेपछि वृद्ध तत्काल फरार भएका थिए । वृद्धले गरेको कर्म बारे प्रहरीलाई जानकारी भयो । प्रहरीले खोजतलास गर्ने क्रममा भारततर्फ भाग्दै गरेको अवस्थामा राजापुर नगरपालिका–९ भिमापुर स्थितबाट वृद्धलाई नियन्त्रणमा लिएको छ ।

वृद्धले १५ वर्ष अगाडि गाउँ घरमा ज्याला मजदुरी तथा मिस्त्री काम गर्ने गरेको खुलेको छ । १५ वर्ष यता वृद्धले आफ्नै घरमा मृर्गी रोग, पिनास, टाउको दुख्ने, सर्पले टोकेको ब्यक्तिको जडिबुटीबाट उपचार गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सर्पले टोकेको रु ५ हजार, पिनासको रु ५ हजार र मृर्गी रोगको उपचार गरे वापत वृद्धले रु ८ हजार लिने गरेको समेत प्रहरीको अनुसन्धानबाट खुलेको छ । वृद्धले हप्तामा मंगलबार मात्र उपचार गर्थे । वृद्धले जडिबुटी सम्बन्धि औपचारिक अध्ययन नगरेपनि उपचार गर्ने गरेका थिए ।

स्थानिय जडिबुटीहरुको धुलो बनाई औषधीको रुपमा दिने गरेका थिए । उपचारको १५ वर्षकोे अवधिमा वृद्धले कति जनालाई बलात्कार गरे त्यो यकिन भएको छनै । उपचारको क्रममा पिडित भएका अरु कोही भए सम्पर्कमा आउन समेत जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ ।
पिडित बालिका नाबालक र पक्राउ परेका वृद्ध जेष्ठ नागरिक भएकोले नाम सार्वजनिक गरिएको छनै ।

हाम्रो समाजमा जरा गडेर रहेको अन्धविश्वासमा कारणले गर्दा हाम्रो समाजमा यस्ता घटना घट्न पुग्छन् । सर्पले टोकेको होस् वा अन्य कुनै रोग लागेको बिरामीलाई अस्पतालमा नलगि गाउँमा झारफुक गराउँदा गराउँदै बिरामीको मृत्यु समेत भएको पाईन्छ । अन्धविश्वासमा परी झारफुक गर्ने र घरमै उपचार गर्ने प्रवृतिलाई निरुत्साहित गर्न सबै जना सचेत हुन जरुरी छ । सबै जना सचेत भएपछि मात्र यस्ता घटना घटाउनेको अन्त्य हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय