बर्दियामा बन्दको आंशिक प्रभाव
मङ्गलबार, कार्तिक ३०, २०७८ मा प्रकाशित

बर्दिया,कात्तिक ३० (फरकसमाचार)/ पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा मूल्यवृद्धिको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण बर्दियामा आंशिक प्रभाव परेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज बन्दको आह्वान गरेको हो ।


बन्दका कारण बर्दिया जिल्लाको गुलरिया, मधुवन, राजापुर, भुरिगाउँ, बाँसगढी, मैनापोखर लगायतका बजार सुनसान बनेका छन् । लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन पुर्ण रुपमा ठप्प छन् । मोटरसाईकल तथा स्कुटर चलेका छन् । बिद्यालय तथा कलेजहरु बन्द रहेका छन् ।

 

नेकपाका कार्यकर्ताहरु बिहानै देखि जिल्लाको विभिन्न ठाउँमा बसेका छन् । फरकसमाचार संवाददाताले स्थलगत रिपोटिङ्ग गर्दा जिल्लाका विभिन्न ठाउँमा कार्यकर्ता बसेका छन् । सरकारले पेट्रोलियम पदार्थ तथा खाद्यान्न जस्ता अत्यावश्यक वस्तुमा गरेको मुल्यवृद्धिको विरुद्धमा बन्दको आह्वान गरेको राजापुर नगरपालिकाका ईन्चार्ज राम विकले बताए ।

‘सरकारले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरेको छ’ ईन्चार्ज विकले भने, ‘हाम्रो तत्कालको माग सरकारले बढाएको मुल्य घटाउनु पर्छ ।’ हाम्रो माग प्रति सबै नागरिकहरु सकारात्मक रहेको बताए । हामीले आज आह्वान गरेको बन्दमा नागरिकले सकारात्मक रुपमा लिएर गाडीमोटर नचलाएको विकले बताए । हामीले नागरिकको सहयोग पाइरहेको उनले बताए ।

बन्दका कारण कुनै अप्रिय घटना हुन नदिन जिल्लामा कडा सुरक्षा व्यवस्था मिलाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी हेम बहादुर शाहीले बताए । जिल्लामा कुनै घटना घट्न नदिन व्यापक रुपमा रुपमा प्रहरी परिचालन भएको उनले बताए । जिल्लामा २ बजेसम्म सम्म कुनै किसिमको अप्रिय घटना घट्न नदिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय