बुधबार, मङि्सर ०१, २०७८
मा प्रकाशित
0
Shares
रुपन्देही, मंसिर । प्रहरीले तिलोत्तमा नगरपालिका-१४ दुर्गानगरबाट १ थान कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका-१४ बिन्दुनगर बस्ने २८ वर्षीय सन्दिप थापा रहेका छन् । पेस्तोल लिएर हिँडिरहेको भन्ने सूचनाका आधारमा उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।अनलाइनखबरबाट साभार