बर्दियामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि, १२ जना संक्रमण मुक्त
बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित

बर्दिया, मंसिर १ (फरकसमाचार) / जिल्लामा थप ४ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । २ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ७ हजार ५ सय १४ पुगेको छ ।

त्यसैगरी बुधबार ४ जना संक्रमणमुक्त भएका छन् । संक्रमण मुक्त हुनेको संख्या ७ हजार २ सय ५३ पुगेको छ । ४३ जनामा भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमित मध्ये ३९ जना होम आईसोलेसनमा र ४ जना अस्पतालमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय १८ पुगेको छ ।

कोभिड–१९ बिरुद्ध जिल्लामा १ लाख २५ हजार ६ सय ९५ जनालाई पहिलो डोज खोप लगाईएको छ भने १ लाख १ हजार १ सय ५६ जनालाई दोस्रो डोजको खोप लगाईएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय