जुवा खेलिरहेका घरधनीसहित ६ जुवाडे पक्राउ
बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित

बर्दिया, मंसिर १ (फरकसमाचार) / जुवा खेलिरहेका घरधनीसहित ६ जुवाडेलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । मधुवन नगरपालिका–६ बुद्धनगर टोल स्थित घरधनी झक्कु सुनारसहित ६ जना जुवा खेलिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले जुवाखालबाट नगद रु ९१ हजार ९ सय ५५ र जुवा खेल्न प्रयोग गर्ने ताससहित ६ जुवाडेलाई नियन्त्रण लिन सफल भएको छ । पक्राउ पर्नेमा मधुवन नगरपालिका–८ बस्ने ईश्वरराज विक, केशवराज अधिकारी, तिर्थ विक, झक्कु सुनार, लाल बहादुर विष्ट र वलबीर सुनार रहेका छन् ।

प्रहरीले अघिल्लो महिना गुलरिया नगरपालिका–७ गुलरिया गाउँ स्थितबाट नगद रु १ लाख ९८ हजार ५ सय ५ सहित ९ जुवाडेलाई पक्राउ गरेको थियो । जुवाखेलिरहेको त्यस टिममा पनि घरधनी सहित ९ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।

विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ढोढरीबाट प्रहरी निरीक्षक राजन कुमार गौतमको नेतृत्वमा खटिएको प्रहरी टोलीले जुवाडेहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले जुवाडेलाई नियन्त्रणमा लिई जुवा सम्बन्धी कसुरमा म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका सुचना अधिकारी हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय