ठाकुरबाबामा गौमूत्र अध्ययन तथा अनुसन्धान केन्द्रको शिलान्यास हुने
बिहिबार, मङि्सर ०२, २०७८ मा प्रकाशित

बर्दिया, मंसिर २ (फरकसमाचार)

गौ संरक्षण अभियान अन्तर्गत पञ्चगब्य (गौमूत्र) अध्ययन तथा अनुसन्धान केन्द्रको शिलान्यास मंसिर ४ गते ठाकुरबाबामा हुने भएको छ । विश्व हिन्दु युवा संघका धार्मिक सद्भाव दूत योगी पिताम्बरको अगुवाईमा गौमूत्र अध्ययन तथा अनुसन्धान केन्द्र ठाकुरद्वाराको ठाकुरबाबा मन्दिरमा हुने छ ।

गौमूत्र अध्ययन तथा अनुसन्धान केन्द्रको संचालनमा नेपालका प्रथम गब्यसिद्ध डाक्टर नरेन्द्र हमाल र प्रेम आर्य र बाबा योगिराजको सैद्धान्कि नेतृत्व रहने छ ।

मंसिर ४ गते ठाकुरबाबा मन्दिरमा रक्षामन्त्री डाक्टर मीनेन्द्र रिजालले केन्द्रको शिलान्यास गर्ने पत्रकार सम्मेलनमा विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले जानकारी दिए । विश्व युवा संघ जन्मेको डेढ वर्ष भयो र डेढ वर्षमा ४० वटा जिल्ला फैलिन सफल भएको अध्यक्ष शाहले बताए । हाम्रो अभियान देशमा मात्रा नभई विश्वमा रहने बताए ।

‘गाईलाई किन माता भन्निछ, यसको महत्व के छ र गाईको संरक्षण किन गर्ने’ अध्यक्ष शाहले भने, ‘गाईको महत्व र गाईको संरक्षका फाइदाहरु सम्पुर्ण नेपाली जनतालाई जानकारी दिन्छौं ।’ छाडा चौपायाको समस्या बर्दियामा मात्रा नभई अधिराज्यभरी छ ।

गौ संरक्षणका महत्व र यसबाट के कसरी लाभ लिन सकिन्छ यसको बारेमा सम्पुर्ण नागरिकलाई जानकारी दिने अभिप्रायले विश्व हिन्दु युवा संघ सक्रिय भएको छ । गौमूत्रबाट आयुर्वेद सम्बन्धि औषधी उत्पादन गरेर आर्थिक लाभ लिन सकिन्छ । हामीले केन्द्रको स्थापना गरी गौ संरक्षणको बृहत अभियान बर्दियाबाट सुरु गरेको बताए ।

यस अभियानमा देशका विभिन्न ठाउँबाट दुई हजार मानिसले सहभागिता जनाउने छन् । हामीले गौ संरक्षणको अभियान शुन्यबाट सुरु गरेको जानकारी दिए । अभियानमा सहभागि हुन आएका पाहुँनाहरुलाई खाना बस्नको व्यवस्था मिलाउन जिल्ला वासीमा अध्यक्ष शाहले अनुरोध गरेका छन् । गौ संरक्षणको अभियानले छाडा चौपायाको समस्या समाधान गर्ने अध्यक्ष शाहले विश्वास दिलाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय