बढैयातालमा धर्मराज न्यौपानेको भव्य स्वागत (भिडियो सहित)
बिहिबार, मङि्सर ०२, २०७८ मा प्रकाशित

बर्दिया,मंसिर २ (फरकसमाचार) / राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानको बुधबार बढैयाताल गाउँपालिकामा सरुवा भएको छ । अधिकृत न्यौपाने बिहीबार बढैयाताल गाउँपालिकामा हाजिर भएका छन् ।

न्यौपानेलाई पालिकाका उप–प्रमुख दिपाकुमारी गौतम लगायत कार्यालयका सम्पुर्ण कर्मचारीले भव्य रुपमा स्वातग गरेका छन् । न्यौपाने राजापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहँदा नौ महिनाको अवधिमा उनले गरेका विकास निर्माणका कामको यतिबेला चर्चा भईरहेको छ ।

कात्तिक २ गते राजापुरमा आएको बाढीमा न्यौपाने स्वयम आफै बाढी ग्रस्त क्षेत्रमा खटिएका थिए । धर्मराज न्यौपाने जिल्लाको आठ वटा स्थानीय तह मध्य अधिकांश पालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय