बर्दियामा सवारी ज्यान कसुरका दुई फरार पक्राउ
बिहिबार, मङि्सर ०२, २०७८ मा प्रकाशित

बर्दिया, मंसिर २ (फरकसमाचार)/सवारी ज्यान कसुरमा फरार रहेका दुई जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

प्रहरीले ठाकुरबाबा नगरपालिका–८ सुखाडका प्रेम गाहा मगर र ठाकुरबाबाकै वडा नम्बर १ भुरीगाउँका महेश आचार्यलाई पक्राउ गरेको हो । बर्दिया जिल्ला अदालतले ०७६ साल जेठ १ गते सवारी ज्यान मुद्दामा मगरलाई १ महिना ६ दिन कैद र रु दुई हजार जरिवाना तोकेको थियो । त्यसैगरी अदालतले ०७८ भदौ १५ गते आचार्यलाई १ महिना कैद सजाय र रु ३० हजार जरिवाना तोकेको थियो ।

अदालतले मगर र आचार्यलाई कैद सजाय र जरिवाना तोकेको दिनदेखि दुवै जना फरार रहेका थिए । प्रहरीले खोजतलास गर्ने क्रममा दुवैलाई पक्राउ गरी कैद सजाय र जरिवाना भुक्तान गर्न जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय गुलरियाका सुचना अधिकारी डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय