अरोमाको एक्सपेरिमेन्ट
शुक्रबार, मङि्सर ०३, २०७८ मा प्रकाशित

बर्दिया,मंसिर ३ (फरकसमाचार)

अरोमा कटेजले ग्राहकको मागलाई मध्यनजर गरी दश दिने एक्सपेरिमेन्ट बिहीबार देखि संचालनमा ल्याएको छ । ग्राहकको मागलाई सम्बोधन गर्दै चिकन मःमः प्रति प्लेट रू १ सयमा गुलरिया नगरपालिका गेटको अगाडि मःमः स्टल एक्सपेरिमेन्टमा राखिएको कटेजका संचालक भुपेन्द्र राउतले जानकारी दिए ।

उक्त मःमः स्टल १० दिनसम्म संचालन हुने संचालक राउतले जानकारी गराएका छन् । संचालनमा ल्याएको एक्सपेरिमेन्टले गर्दा ग्राहक साहु हामी परिचित हुँदै कमीकमजोरीलाई सुधार्ने अवसर समेत मिल्ने राउतले जानकारी दिए । होटेल व्यवस्थापन विषयमा स्नातक उत्तिर्ण गरेको राउतले स्वास्थ्यलाई मध्यनजर गरी खाजा नास्ताका परिकार उपलब्ध गराई रहेको छन् ।

गुलरिया नगरपालिका–८ सर्जु तालको किनारमा रहेको कटेजले ग्राहकको रोजाईमा परेको छ । कटेजको अगाडि सर्जु ताल रहेकोले प्राकृतिक सौन्दर्यले भरिपुर्ण छ । शान्त वातावरणमा स्थानीय परिकारका खाजा नास्ता पाउँदा ग्राहकको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय सर्जु तालमा गोही देखिएको छ । सर्जु तालमा आएको गोहीले कटेजको आकर्षण झनै बढाएको छ । दिनहुँ गोही हेर्न आउँनेको भिडभाड बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय