बढैयातालमा धर्मराज न्यौपानेको भव्य स्वागत गरियो
शुक्रबार, मङि्सर ०३, २०७८ मा प्रकाशित

बर्दिया, मंसिर ३ (फरकसमाचार)

राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानको बुधबार बढैयाताल गाउँपालिकामा सरुवा भएको छ । अधिकृत न्यौपाने बिहीबार बढैयाताल गाउँपालिकामा हाजिर भएका छन् । न्यौपानेलाई पालिकाका उप–प्रमुख दिपाकुमारी गौतम लगायत कार्यालयका सम्पुर्ण कर्मचारीले भव्य रुपमा स्वातग गरेका छन् ।

‘प्रमुख प्रसासकिय अधिकृत न्यौपानेलाई स्वागत गर्दै’ उप–प्रमुख गौतमले भनिन, ‘पालिकालाई सेवामुखी र समृद तर्फ उन्मुख गराउने बोझ तपाईलाई बोकाएका छौं ।’तपाईको कार्यकाल सुखद रहोस् । अहिलेसम्म पालिकामा आएका प्रमुख प्रशासकिय अधिकृत मध्य उत्कृष्ट काम गरेर नमुना बन्नुपर्ने उप–प्रमुख गौतमले बताईन् ।

प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बिहीबार देखि बढैयाताल गाउँपालिकाको जिम्मेवारी सम्हालेका छन् । अधिकृत न्यौपानेले पालिकालाई सेवामुखी र समद्ध तर्फ उन्मुख गराउने विश्वास दिएका छन् ।

न्यौपाने राजापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहँदा नौ महिनाको अवधिमा उनले गरेका विकास निर्माणका कामको यतिबेला चर्चा भईरहेको छ । कात्तिक २ गते राजापुरमा आएको बाढीमा न्यौपाने स्वयम आफै बाढी ग्रस्त क्षेत्रमा खटिएका थिए । धर्मराज न्यौपाने जिल्लाको आठ वटा स्थानीय तह मध्य अधिकांश पालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय