बाल संरक्षणका लागि सकारात्मक अभिभाकत्व
शुक्रबार, मङि्सर ०३, २०७८ मा प्रकाशित

बर्दिया,मंसिर ३ (फरकसमाचार) / बालबालिकाको विकास र संक्षणमा अभिभावकले सकारात्मक भुमिका निर्वाह गरे बाल संरक्षण सुनिश्चित हुने बाँके युनेस्को क्लबका संरक्षक प्रबेज अलि सिद्दिकीले बताएका छन् ।

मधुवन नगरपालिका–४ मा बाल संरक्षण परियोजना अन्तर्गत अभिभावकहरुका लागि सकारात्मक अभिभावकत्व सम्बन्धि अन्तरक्रिया बिहीबार सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब नेपालगंजको साझेदारी र मधुवन नगरपालिकाको समन्वयमा अन्तरक्रिया भएको हो ।

बालबालिकाको सर्बाङ्गिन विकास र संरक्षणमा अभिभावकको कस्तो भुमिका रहने बारेमा अभिभावकहरुसंग छलफल गरिएको परियोजनाका फिल्ड सुपरभाइजर डम्मर परियारले जानकारी दिए । बालबालिका परिपक्क नभएसमम्म अभिभावकको अहम भुमिका रहन्छ ।

अभिभावकले गरेको गतिविधि बालबालिकाले चाडै सिक्ने भएकाले अभिभावकले बालबालिकालाई राम्रो शिक्षा दिनु पर्ने अन्तरक्रियामा जोड दिएको थियो ।

मधुवन नगरपालिका–४ का वडा अध्यक्ष बिन्तिराम थारुको अध्यक्षतामा अन्तरक्रिया भएको थियो भने ताराबहादुर सुनारले कार्यक्रममा सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय