श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
शुक्रबार, मङि्सर ०३, २०७८ मा प्रकाशित

बुटवल, मंसिर ३ /आफ्नै श्रीमतीको हत्या आशंकामा रूपन्देहीको देवदहमा एकजना पक्राउ परेका छन्।

देवदह नगरपालिका -१२  प्रगतिनगरकी २५ वर्षीय दिलमाया श्रेष्ठ मगरको हत्या आशंकामा प्रहरीले उनकै ३० वर्षीय श्रीमान हिमाल श्रेष्ठलाई पक्राउ गरेको हो।

दिलमायाको शव देवदह नगरपालिका–११ सदवनियास्थित सडक छेउमा बिहीबार फेला परेको थियो।

रूपन्देहीका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दका अनुसार बुधबारदेखि घरबाट बेपत्ता दिलमायाको शव उक्त सडक छेउमा फेला परेपछि अनुसन्धानका क्रममा उनकै श्रीमानलाई पक्राउ गरिएको हो।

पक्राउ परेका श्रेष्ठलाई शुक्रबार अदालतमा पेश गरी म्याद थप गरेर थप अनुसन्धान सुरू गर्ने प्रहरीले जनाएको छ।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय