यौन शोषण विरुद्ध क्लवलाई तालिम
शनिबार, मङि्सर ०४, २०७८ मा प्रकाशित

बर्दिया,मंसिर ४  (फरकसमाचार) / यौन शोषण तथा मानव बेचविखन विरुद्ध बाल क्लवलाई शुक्रबार तालिम दिईएको छ । गुलरिया नगरपालिका–१२ को बाल क्लवका सदस्यहरुलाई तालिम दिएको हो । प्लान इन्टरनेशनल नेपाल र साथी संस्था बाँकेको साझेदारीमा ‘कोभिड–१९ महामारीमा बालबालिका तथा युवा विरुद्ध हुने यौन शोषण तथा बेचविखन रोकथाम परियोजना’ अन्तरगत तालिम दिएको छ ।

यसअघि गुलरियाको वडा नम्बर ७,८,११ मा बाल क्लव र युवा क्लवका सदस्यहरुलाई तालिम दिईसकेको परियोजना संयोजक कुलराज दहितले जानकारी दिए । बालबालिका विरुद्ध हुने यौन शोषणबाट कसरी बच्ने, कसैले दुव्र्यवहार गर्न प्रयास गरेमा कहाँ र कुन निकायमा उजुरी गर्ने समेत सिकाईएको बताए ।

‘बालबालिका यौन शोषणको सिकार हुने क्रम रोकिएको छैन’ संयोजक दहितले भने, ‘हाम्रो समाजमा बालबालिका बिरुद्ध हुने यौन शोषण तथा बेचविखनको अन्त्य गर्न सबै जना आफ्नो क्षेत्रबाट लाग्न जरुरी छ ।’ बालबालिका विरुद्ध हुने यौन शोषण र बेचविखन रोक्ने उदेश्यले बाल क्लवलाई परियोजनाले तालिम दिएको संयोजक दहितले बताए । तालिममा सहजीकरण हेमा सुनारले गरेकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय