जिल्लाकै ठूलो धनराशीको बर्दिया प्रिमियर लिग क्रिकेट १३ गतेबाट सुरु हुने
शनिबार, मङि्सर ०४, २०७८ मा प्रकाशित

बर्दिया, मंसिर४  (फरकसमाचार)
जिल्लाकै ठुलो धनराशीको बर्दिया प्रिमियर लिग क्रिकेट मंसिर १३ गतेबाट सुरु हुने भएको छ । जिल्लामा पहिलो पटक ठुलो पुरस्कार राशीको क्रिकेट लिग नयाँ शिरा युवा क्लवले आयोजना गरेको हो ।

मंसिरको पहिलो साता देखि सुरु हुने भनिएको क्रिकेट विभिन्न कारणले मंसिर १३ गतेबाट सुरु हुने आयोजक नयाँ शिरा युवा क्लवका अध्यक्ष प्रमोद चन्दले जानकारी दिए । क्लबका अध्यक्ष चन्दको स्वर्गीय बुबा बीर बहादुर चन्दको सम्झानामा बर्दिया प्रिमियर लिगको आयोजना भएको हो ।

प्रिमियर लिग क्रिकेट प्रतियोगितामा प्रथम हुने टोलीले रु. १ लाख ११ हजार १ सय ११ पुरस्कार पाउनेछ । त्यसैगरी दोस्रो हुने टोलीले ५१ हजार १ सय ११ पुरस्कार पाउने आयोजक क्लवले जनाएको छ ।

साथै प्रतक खेलको म्यान अफ द म्याचले १ हजार, म्यान अफ द सिरिजले १० हजार, बेस्ट ब्यटर, बलर र उदयमान खेलाडीले ५ हजार हात पार्ने छन् । खेल समुह चरण हुदै सेमी–फाइनल र फाइनल हुनेछ ।
गुलरिया नगरपालिका–४ स्थित कवर्ड हालको खेल मैदानमा हुनेछ ।

आयोजक क्लवले क्रिकेट लिगको प्रेस सम्मेलन मंसिर १० गते गर्ने मिति तय गरेको छ । प्रेस सम्मेलनमा कति टिम कहाँ कहाँबाट सहभागिता जनाउने बारे उल्लेख गर्ने प्रतियोगिता आयोजक क्लवका अध्यक्ष चन्दले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर