मुक्तक
शनिबार, मङि्सर ०४, २०७८ मा प्रकाशित

दिपक संगम विश्वकर्मा (टीकापुर,कैलाली )

आजकाल मेरो मन रित्तो भय छ
सारा जिन्दगी नै मेरो धितो भय छ
नहट्ने भो तिम्रो याद, मुटुबाट
साला यो माया पनि लुतो हुने भयो ।

पक्कै म मायाको रापमा छु
यो धर्म हो कि खै पापमा छु
तिमी आफै निकास देउ सानु
मर्ने कि बाँच्ने मत धरापमा छु ।

पहिला मायाको गंगा बनायर गयौ
यति हैन फुरूङ चंगा बनायर गयौ
जब लुट्यो मेरो बैँस अनि पैसा सबै
अहिले मलाई सब नङगा बनायर गयौ ।

मन पर्छ भनी पायर बनाई गई
चिल्लो दल्ने मलाई आयल बनाई गई
तब दिलमा बसी मन्त्री बनाई दिय
अहिले अर्कै पाटी मलाई घायल बनाई गई ।

मैले नयाँ हैन जुना लाउन जानेको छु
सीप छ केही दुना लाउन जानेको छु
म लाई छोडि जाने है बैगुनी तिमी
हेरि राख मैले नि चुना लाउन जानेको छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय