महिलालाई कुटपिट गर्ने युवक पक्राउ
आइतबार, मङि्सर ०५, २०७८ मा प्रकाशित

धनगढी, मंसिर ५ / बैतडीमा महिलालाई कुटपिट गरेर घाइते बनाएको आरोपमा एक युवक पक्राउ परेका छन्।

डडेल्धुराको भागेश्वर गाउँपालिका– १ का १८ बर्षीय सन्दिव सार्की पक्राउ परेका हुन्।

शिवनाथ गाउँपालिका– २ की ४९ वर्षीय चम्पादेवी साउदलाई लाठीले टाउकोमा हानेर घाइते बनाएको आरोपमा उनी पक्राउ परेका हुन्। शनिबार साँझ उनले कुटपिट गरेका थिए।

कुटपिटबाट घाइते भएकी साउदको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी दर्शन खड्काले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय