बाघको छालासहित दाङबाट दुई जना पक्राउ
सोमबार, मङि्सर ०६, २०७८ मा प्रकाशित

दाङ,मंसिर ६। प्रहरीले बाघको छालासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-५ बस्ने ३१ वर्षीय महेश खडकासहित दुईजना रहेका छन् ।

उनीहरुलाई घोराही उपमहानगरपालिका-१६ गडुवाबाट १ थान बाघको छालासहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा २ प २६६ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको साथबाट बाघको छाला बरामद गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर