कैलाली, मंसिर ६  / लम्कीचुहाका " />
कैलालीका बडुवाल हत्याका थप एक आरोपी पक्राउ
सोमबार, मङि्सर ०६, २०७८ मा प्रकाशित

कैलाली, मंसिर ६  / लम्कीचुहाका युवक भूपेन्द्र बडुवालको हत्यामा संलग्नको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

लम्कीचुहा नगरपालिका–३ चिसापानीका १९ वर्षीय मदन शाहीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा धरानबाट पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिए ।

केही दिनअघि पक्राउ परेका शाहीलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो । कात्तिक २३ गते राति टीकापुर नगरपालिका–१ सिद्धार्थ होटल नजिकै लम्कीका भूपेन्द्र बडुवालको हत्या भएको थियो । घटनापछि शाही भागेर सुनसरी पुगेका प्रहरीले जनाएको छ ।

दुई आपराधिक समूहको झगडामा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।

बडुवालको हत्या गरेको आरोप लगाउँदै परिवारले १६ जनाविरुद्ध इलाका प्रहरी कार्यालय टीकापुरमा किटानी जाहेरी दिएको छ ।

हालसम्म शाहीसहितका १० जना पक्राउ परेका छन् भने घटनाका मुख्य अभियुक्त भनिएका चिसापानीका नवीन रावलसहितका ६ जना फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय