बर्दियामा थप ७ जनामा कोरोना पुष्टि, ४ जना संक्रमण मुक्त
सोमबार, मङि्सर ०६, २०७८ मा प्रकाशित

बर्दिया, मंसिर ६ (फरकसमाचार) / जिल्लामा थप ७ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । ५ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ७ हजार ५ सय २३ पुगेको छ ।

त्यसैगरी सोमबार ४ जना संक्रमणमुक्त भएका छन् । संक्रमण मुक्त हुनेको संख्या ७ हजार २ सय ६४ पुगेको छ । ४१ जनामा भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमित मध्ये ३६ जना होम आईसोलेसनमा र ५ जना अस्पतालमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय १८ पुगेको छ ।

कोभिड–१९ बिरुद्ध जिल्लामा १ लाख ३२ हजार ६९ जनालाई पहिलो डोज खोप लगाईएको छ भने १ लाख १ हजार ३ सय ३१ जनालाई दोस्रो डोजको खोप लगाईएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय