समाजसेवी पन्थलाई मातृशोक
मङ्गलबार, मङि्सर ०७, २०७८ मा प्रकाशित

बर्दिया,मंसिर ७ (फरकसमाचार)

मधुवन नगरपालिका–४ का समाजसेवी सुरेश पन्थलाई मातृशोक परेको छ । पन्थको ममतामयी आमा धनमाया पन्थको ६९ वर्षको उमेरमा सोमबार बिहान ५ बजे आफ्नै निवासमा निधन भएको हो ।

समाजसेवी पन्थकी आमा क्यान्सर रोगले ग्रसित थिईन् । गत असार ४ गते स्वास्थ्य स्थिती बिग्रिदा समाजसेवी पन्थले काठमाडौंबाट हेलिकप्टर ल्याएर आमालाई उपचारको लागि काठमाडौं लगेका थिए ।

काठमाडौंको विभिन्न अस्पतालमा उपचार गराउँदा अलि निको महसुस भएपछि आमालाई मधुवन आफ्नै निवासमा ल्याएका थिए । पछिल्लो समय पन्थले आमाको हेरचाहको लागि आफै घरमा बसेका थिए । लामो समय देखि आमाको हेरचाह र उपचारमा लागीपरेका पन्थले आमालाई बचाउँन सकेनन् । समाजसेवी पन्थले आमालाई गुमाउँदा साह्रै दुःखी भएका छन् ।
पन्थका हजारौं शुभचिन्तकहरु सोमबार उनको आमाको दाहसंस्कार गर्न कोठियाघाट पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय