लागु औषध सहित २ जना पक्राउ
मङ्गलबार, मङि्सर ०७, २०७८ मा प्रकाशित

बर्दिया, मंसिर ७ (फरक समाचार) / ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट खटिएको प्रहरी लागू औषध सहित दुई जनालाई  नियन्त्रणमा लिएको छ ।मधुबन नगरपालिका वडा नं. ५ चोक नं. ८ स्थित भे.६ प ९३४८ नम्बरको मोटसाईकलमा सवार जिल्ला बर्दिया मधुबन नगरपालिका वडा नं. ५ बस्ने नकेन्द्र मगर र सोही स्थान बस्ने टंकर गुरुङ लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शंका लागी चेकजाँच गर्दा साथबाट ३ ग्राम ३९० मिलिग्राम लागु औषध (ब्राउन सुगर) फेला पारी मोटरसाईकल सहित न नियन्त्रणमा लिई लागु औषध मुद्दामा आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरी उपरीक्ष इश्वर कार्किले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय