भारी मात्रामा रेडिमेट फेन्सी कपडा बरामद
बुधबार, मङि्सर ०८, २०७८ मा प्रकाशित

बर्दिया,मंसिर ८(फरकसमाचार)

भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको भारी मात्रामा अबैध फेन्सी कपडा र अन्य सामान सशस्त्र प्रहरीले मंगलबार बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणको मातहत विओपीबाट खटिएका सशस्त्र प्रहरी टोलीले अबैध सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरीले फेन्सी कपडा मुल्य रु ४ लाख ३० हजार ५ सय ४६ बराबर र अन्य प्लाष्टिक झोला, डिएपी मल र मोर्टर पार्टस्का सामान बरामद गरेको हो । बरामद सामान कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणका गणपति नरबहादुर रावतले जानकारी दिए ।

सिमानामा सशस्त्र प्रहरीको बिओपीको विस्तार भई चोरी तस्करी रोक्न सहज भएको गणपति रावतले बताए । ‘सिमानामा सशस्त्र प्रहरीको उपस्थिती छ’ गणपति रावतले भने, ‘सिमामा हुने चोरी, तस्करी र अपराधिक क्रियाकलापको नियन्त्रण हुदै गएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय