प्रत्येक वर्ष ३ हजार कुष्ठरोगी थपिँदै
बिहिबार, मङि्सर ०९, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया,मंसिर ९

नेपालमा प्रत्येक वर्ष ३ हजारको हराहरीमा कुष्ठरोगका बिरामी थपिने गरेका छन् । देशको अधिकांश जिल्लामा अझै कुष्ठ रोगका बिरामी देखा परिरहेका छन् । सन् २०२० को डाटाले लुम्बिनी प्रदेशको १२ वटा जिल्ला मध्ये सबै भन्दा बढी कुष्ठ रोगीको संख्या बाँकेमा देखाएको छ । बाँकेमा प्रति १० हजार जनसंख्यामा १ दशमलव ५५ देखाएको छ ।

सन् २०२० सम्म देशबाट कुष्ठरोग उन्मूलन गर्ने सरकारको लक्ष्य असफल भएको छ । कुष्ठ रोग र हात्ती पाइले रोगलाई सन् २०३० सम्म उन्मूलन गर्न सरकारले लक्ष्य बनाई यस अभियानमा निरन्तरता दिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रति १० हजार जनसंख्यामा एक जना पनि कुष्ठ रोगका बिरामी नहुनुलाई उन्मूलन मानिन्छ । तर,नेपालमा त्यो हुन सकेको छैन । यो रोग नेपालमा अझै कायम रहेको छ । यस रोगले बिरामीमाथि हुने सामाजिक भेदभावका कारण पनि रोग नियन्त्रण चुनौतीपूर्ण हुँदै गएको छ । कुष्ठ रोग लाग्दा समाजमा सबैले घृणा गर्ने प्रवृति छ । जसले गर्दा बिरामीको मनोबल घट्ने र यस रोगले च्याप्ने गर्छ । कुष्ठ रोगका किटाणु प्रवेश गरेको २ देखि ५ वर्षमा लक्षण देखा पर्छ ।

युकेएआईडिको सहयोगमा आईएनएफ बाँकेले आयोजना गरेको संचारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रममा बुधबार कुष्ठ तथा हात्तीपाईले रोग बारे जानकारी गराईएको हो । आईएनएफ बाँकेका कुष्ठ रोग ईन्चार्ज मंगल थारुले कुष्ठ रोग उन्मूलन गर्न सबैले हातेमालो गर्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय