बढैयातालले बनायो बाल यौन शोषण बिरुद्धको ५ बर्षे रणनीति
बिहिबार, मङि्सर ०९, २०७८ मा प्रकाशित

दलबहादुर सुनार

बर्दिया,मंसिर ९

बढैयाताल गाउँपालिकाले बाल यौन शोषण बिरुद्धको पाँच बर्षे रणनीति निमार्ण गरेको छ ।
प्लान ईन्टरनेशनल नेपालको सहयोग, साथी सँस्था बाँकेको कोभिड–१९ महामारीमा बालबालिका तथा यूवा बिरुद्ध हुने यौन शोषण तथा बेच बिखन परियोजना अन्तर्गत बढैयाताल गाउँपालिकाले बाल यौन शोषण विरुद्धको पाँच बर्षे रणनीति कार्ययोजना बुधबार निमार्ण गरेको हो ।
यौन शोषण तथा यौन जन्य हिसां मुक्त पालिका बनाउने उद्देश्यले आयोजना गरिएको कार्ययोजना निमार्ण बिषयक कार्यशाला गोष्ठीले एक बर्षे योजना पनि तयार गरेको छ ।

राजापुर नगरपालिकाबाट भर्खर सरुवा भई बढैयाताल गाँउपालिकाको प्रमुख प्रशासकिय अधिकृत तथा कार्यक्रमका अध्यक्ष समेत रहनु भएका धर्मराज न्यौपानेले कार्यक्रमको उद्घाटन गर्दै यो पालिकामा काम गर्न सहज हुने बिश्वास व्यक्त गर्दै टिम वर्कलाई ब्यबस्थापन गर्ने बताए । बिगतमा के भयो, कस्ले के गर्यो, त्यो सबै भुल्नु पर्ने भन्दै अबका दिनमा कसरी पालिकालाई राम्रो बनाउने सवालमा सकारात्मक रुपमा लाग्ने प्रतिबद्धता जनाउदै सबैको साथ र सहयोग हुनु पर्नेमा जोड दिए ।

कार्यक्रमको सवालमा यो कार्यक्रम यस क्षेत्रको लागि धेरै महत्वपूर्ण भएको भन्दै कार्यक्रम पहिला हुनु पर्ने हो तर ढिलै भए पनि कार्यक्रमको शुरुवात भएकोमा सहयोगी सस्था,आयोजक सस्था प्रति आभार प्रकट गर्दै यो अभियानलाई सफल पार्नको लागि यस पालिकामा रहेका सचेत नागरिक समाजिक भावनाले ओत प्रोत भएका सबै नागरिक सक्रियताका साथ लाग्नु पर्नेमा जोड दिदै पालिकामा बन्ने नीतिनिमार्ण गर्ने क्रममा बालबालिकाको प्रतिनिधीत्व अनिवार्य बनाउन प्रतिबद्धता समेत जनाए ।

कार्यक्रमको उद्देश्यमाथि प्लान ईन्टरनेश्नल नेपालकी संयोजक कमला राईले प्रकास पारेकी थिईन् । मंगलबार र बुधबार संचालन भएको बालबालिका तथा यूवा बिरुद्ध हुने यौन शोषण तथा बेचबिखन सम्बन्धि रणनितिक कार्ययोजना निमार्ण सम्बन्धिको कार्यशाला गोष्ठीका प्रशिक्षक भिम अवस्थिले सहजिकरण गरेका थिए ।

दुईदिने कार्यशाला गोष्ठीमा जन प्रतिनिधी, नागरिक समाजका प्रतिनिधी, संचारकर्मी, ईलाका प्रहरी कार्यालयका महिला सेलका प्रहरी सहायक निरीक्षक, जेष्ठ नागरिकका प्रतिनिधी, महिला शाखाका प्रतिनिधी, उद्योगी, बाल क्लबका प्रतिनिधी लगायत २१ जनाको सहभागिता साथी सस्थाका कार्यक्रम संयोजक कुलराज चौधरीले जानकारी दिए । बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष दिपा कुमारी गौतमले कार्यक्रमको समापन गरेकी थिईन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय