बुद्ध एयरको जहाज नेपालगञ्ज एयरपोर्टमा स्यालसँग ठोक्कियो
बिहिबार, मङि्सर ०९, २०७८ मा प्रकाशित

बाँके,मंसिर ९ / त्रिभुवन विमानस्थलबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको विमान स्यालसँग ठोक्किएको छ।

प्रहरीका अनुसार एटिआर-७२ बिमान बुधबार साँझ सात बजेर सात मिनेट जाँदा नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा स्यालसँग ठोक्किएको हो।

अवतरण क्रममा स्यालसँग ठक्कर खाए पनि विमान र यात्रु सकुशल रहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।

‘स्यालसँग ठोक्किए पनि विमान र यात्रु सकुसल छन्, विमानमा सामान्य क्षति भएको छ,’ अधिकारीले भने। जहाजलाई प्राविधिकहरूले हेरिरहेका छन्। यो घटनापछि जहाज उडान-अवतरण भने नरोकिएको अधिकारीले जानकारी दिए।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय