पुर्वमन्त्री गौतम, नगर प्रमुख यादव र शाह विजयी
शनिबार, मङि्सर ११, २०७८ मा प्रकाशित

नेपाली काँग्रेसको १४औं महाधिवेशन

राम प्रसाद चौहान

बर्दिया, मंसिर ११ /  जिल्लामा बिहिबार भएको प्रतिनिधि सभा क्षेत्रिय अधिवेशनमा केन्द्रिय प्रतिनिधिमा पुर्व सिंचाई मन्त्री संजय कुमार गौतम, क्षेत्र नं. १ को सभापतिमा गुलरिया नगरपालिका नगर प्रमुख मुक्तिनाथ यादव र क्षेत्र नं. २ को सभापतिमा दिपकजंग शाह विजयी भएका छन् । गौतम महाधिबेशन प्रतिनिधि, यादब र शाह संघिय सभापतिमा बिजयी भएका हुन् । देउवा पक्षका शाहको प्यानलमा पौडेल पक्षका सबै नेताले पराजय भोगे ।

सभापतिमा नगर प्रमुख यादवले ३ सय ७१ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी शम्भु प्रसाद रिजालले ३ सय ३९ मत प्राप्त गरेका छन् । यादवले २२ मतले रिजाललाई पराजित गरेका छन् ।
यादव देउवा पक्षबाट र रिजाल पौडेल पक्षबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।

सचिव पदमा भुपेन्द्र बहादुर वलीले ३ सय ५० र मनोज कुमार वर्माले ३ सय ७० मत प्राप्त गरेर विजयी भएका छन् भने कपेन्द्र खड्का र रामेश्वर रिमाल पराजित भएका छन् ।

सहसचिवमा इन्द्रजित बुढाथोकीले ३ सय ९१ र गोरख बहादुर खत्रीले ३ सय ५४ मत प्राप्त गरेर विजयी भएका छन् भने विनय राज भण्डारी र स्मृत सुन्दर शर्मा पराजित भएका छन् ।

प्रत्यक्ष महिलामा माया कुमारी पौडेलले ३ सय ८२ मत प्राप्त गरेर विजयी भएकी छन् भने तारा शाह थापा मगर पराजित भएकी छन् ।
प्रत्यक्ष खुला पदमा अक्कल बहादुर खत्रीले ३ सय ८८, शोभा भण्डारी थापाले ३ सय ४८ र सेर बहादुर शाहीले ३ सय ४५ मत प्राप्त गरेर विजयी भएका छन् ।

सदस्य खसआर्य पदमा रमेश विष्टले ३ सय ८३ मत प्राप्त गरी विजयी भएका छन् । सदस्य मधेशी पदमा विवेकानन्द पाठकले ३ सय ६१ मत प्राप्त गरी विजय भएका छन् ।

सदस्य दलित पदमा भागीरथ सुनारले ३ सय ६६ मत प्राप्त गरी विजयी भएका छन् । सदस्य थारु पदमा रामप्यारी थारुले ३ सय ४२ मत प्राप्त गरी विजयी भएकी छन् ।

सदस्य थारु खुल्ला पदमा श्रीकृष्ण थारुले ३ सय ८५ र राधेश्याम थारुले ३ सय ८६ मत प्राप्त गरी विजयी भएका छन् । सदस्य अल्पसंख्यक, अपांङ, मुस्लिम पदमा लक्ष्मण आचार्यले ३ सय ६८ मत प्राप्त गरी विजयी भएका छन् ।

केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा संजय कुमार गौतमले ४ सय २२, ज्ञानेन्द्र रावलले ३ सय २७, अमृत देवकोटाले ३ सय ३६, काशीराम थारुले ३ सय १५, गोपी प्रसाद पराजुलीले ३ सय ३२, गंगाधर पौडेलले ३ सय २०, टुकराज घिमिरेले ३ सय २९, बिजयदत्त देवकोटाले ३ सय ४४, भुवनेश्वर चौधरीले ३ सय ८२, महेन्द्र कुमार शर्माले ३ सय १३ मत प्राप्त गरी विजयी भएका छन् ।

केन्द्रिय महाधिवेशन प्रतिनिधि महिलामा जाबेदा खातुन जागाले ३ सय ५१, टिका अधिकारीले ३ सय ३८, पबित्रा कुमारी अर्यालले ३ सय ३९ र सावित्री गौतमले ३ सय ७५ मत प्राप्त गरी विजयी भएकी छन् । खसआर्य पदमा साबित्रा गौतमले ३ सय ४५ मत प्राप्त गरी विजयी भएकी छन् ।
खसआर्य खुल्ला पदमा देवीलाल न्यौपानेले ३ सय ६० मत प्राप्त गरी विजयी भएका छन् । आदिवासी जनजाती खुला पदमा पुष्पलाल श्रेष्ठले ३ सय ८० मत प्राप्त गरी विजयी भएका छन् ।

मधेशी खुला पदमा देबकीनन्दन त्रिपाठीले ३ सय ९२ मत प्राप्त गरी विजयी भएका छन् । दलित खुलामा भिमलाल विश्वकर्माले ३ सय ६९ मत ल्याई विजयी भएका छन् । थारु महिलामा बिन्दु कुमार चौधरीले ३ सय ९१ र रत्ना चौधरीले ३ सय ६६ मत प्राप्त गरी विजयी भएका छन् । थारु खुलामा मोहनलाल थारुले ३ सय ७६ र राधेश्याम थारुले ३ सय ६९ मत ल्याई विजयी भएका छन् । मुस्लिम खुलामा महबुब खाँ (सरदार)ले ३ सय ४२ मत ल्याई जियी भएका छन् । अल्पसंख्यक, अपांङमा मोहम्मद याकुब हलवाईले ३ सय ७३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत बिरबहादुर रोकायले घोषणा गरेका हुन् ।

महाधिबेशन प्रतिनिधिमा पुर्व मन्त्री गौतम, भुवनेश्वर थारु मत पाउँनेमा पहिलो र दोस्रो भए भने बिजयदत्त देवकोटा तेस्रोमा बढि मत ताने ।
क्षेत्र नम्बर १ मा ७ सय ७१ मतदाता मध्ये ७ सय ४६ मत खसेको थियो । त्यसैगरी क्षेत्र नम्बर २ मा ८ सय ४५ मध्ये ८ सय ३३ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय