बर्दियामा नेपाली काँग्रेसका शिर्ष नेता नै पराजित
शनिबार, मङि्सर ११, २०७८ मा प्रकाशित

बर्दिया,मंसिर ११ (फरकसमाचार) / नेपाली काँग्रेसको आन्तरिक कलहका कारण शिर्ष नेता नै पराजित भएका छन् । १४ औं महाधिवेशनमा एक अर्कालाई सक्ने खेल हाबी भएको छ । वडा अधिबेशन देखि खेमा खेमा बिच भिडन्त भएको छ । अहिले सम्मको निर्वाचनले शिर्ष नेतालाई जरै देखि काट्ने अभियानमा रहेका खेमा रुचाउँने नेता र कार्यकर्ता सफल भएका छन् । बिभिन्न चरणमा भएको अधिबेशनमा खेमा कमजोर हुँदा नेता र कार्यकर्ता साफ भएको दृश्य देखिएको छ ।

वडा अधिबेशनमा नै गुलरिया नगरपालिका उप –प्रमुख शुशिला गिरी र वडा नम्बर १० का वडा अध्यक्ष बिरेन्द्र कुमार चौधरी बडारिए । त्यस्तै गुलरिया नगरपालिका सम्मको अधिबेशन बलियो देखिएको देउवा पक्ष क्षेत्र नं १ ख प्रदेशमा कमजोर सावित भयो । त्यसको शिकार श्याम थारु र क्षेत्र नं १ ख सभापतिका उम्मेदवार रबिन्द्र यादव भए । यादब हारे । नगरमा ईन्द्र यादव र प्रदेशमा बिरु चौधरी बिजयी भए । प्रदेशको क्षेत्र नं. १ख मा बलियो देखिएको पौडेल पक्ष संघिय क्षेत्र नं १ क्षेत्रिय निर्वाचनमा नराम्ररी पछारिएको छ । देउवा पक्षका वर्तमान नगर प्रमुख मुक्तिनाथ यादव क्षेत्रिय सभापतिमा सफल भए । देउवा पक्षका यादव सभापतिमा बिजयी भएपनि पौडेल पक्षको प्यानलको बर्चस्व रह्यो ।

निर्वाचन क्षेत्र नं २ मा देउवा पक्षको बर्चस्व छ । पौडेल पक्ष न्यून संख्यामा रहेको छ । दुबै क्षेत्रमा शिर्ष नेतालाई हात धुन परेको छ । पौडेल पक्षको वर्चस्व रहेको निर्वाचन क्षेत्रमा दुई जना पार्टी उपसभापति भईसकेको शिर्ष नेतृत्वले पराजय भोगेको छ । उपसभापति द्धय मिश्रिलाल यादव र गोविन्द थारु महाधिबेशन प्रतिनिधि समेत आएनन् ।

यस्तै अघिल्ला निर्वाचनमा देउवा पक्षबाट सभापति चुनाव लडेका सोदे विष्ट महाधिबेशन प्रतिनिधिमा आएनन् । यस्तै निर्वाचन क्षेत्र नं. २ मा ईतर पक्षको भन्दै लक्ष्य राखेर शिर्ष नेतालाई गनि गनि हराए । सभापति पदको उद्घोष गरेका बिद्या खनाललाई महाधिबेशन प्रतिनिधि आउँन नदिन चर्को दवाब दिएका कारण हार व्यहोरे । पार्टीका पूर्व सचिव भोजराज जोशीलाई महाधिबेशन ब्रेक लाग्यो । महिला नेतृ तथा संघिय सांसदमा प्रतिस्पर्धा गरेकि मालति सोडारीलाई क्षेत्र नं. २का नेताले चर्को दबाब दिदा शिर्ष नेता यसरी हारेका छन् । शिक्षक संघका नारायण शर्मा गुट उपगुटको मारमा पर्दा महाधिबेशन प्रतिनिधि आउन नसकेका हुन् ।

अब, को बन्ला जिल्ला सभापति ?

बर्दिया,(फस) महाधिबेशनमा पौडेल पक्षका शिर्ष नेता पराजित भएपछि जिल्ला सभापति को बन्ने हालो भन्ने यतिबेला चर्चा छ । दुई कार्यकाल पछि जिल्ला सभापति तथा पूर्व मन्त्री संजय गौतमले यसपालि बिट मार्दैछन् । सरसर्ती हेदा क्षेत्र नं १ मा पौडेल पक्ष वर्चस्व छ भने क्षेत्र नं २ मा देउवा पक्ष जे भन्यो त्यहि हुने चर्चा छ ।

देउवा पक्षले सुरुमा अघि सारेको नाम हो अरुण प्रकाश सिंह राठोर उनको महाधिबेशन प्रतिनिधि पक्का छ । यसअघि पनि एक कार्यकाल जिल्ला सभापति चलाई सकेका राठोरको नाम जिल्ला सभापतिमा दोहोरिन कार्यकर्ता दाबी गर्छन् । पौडेल पक्षले अघि सारेको नाम बिद्या खनाललाई सभापति प्रतिस्पर्धी हो भन्ने हल्लाले देउवा पक्षले महाधिबेशन प्रतिनिधि हराईसकेका छन् ।

देउवा पक्षमा भने एउटैको नाम अघि सार्दा मनमुटाब बढ्ने खतरा बढेको स्रोतको दाबी छ । देउवा पक्षका यूवा नेता जन्मजय तिमिल्सेना जिल्ला सभापति आंकाक्षी हुन् । तिमिल्सेनालाई जिल्ला सभापति उठ्न भन्ने कार्यकर्ताको दबाब छ । जिल्ला सभापतिका लागि कार्यकर्ता भेटघाट पनि तिमिल्सेनाले बिचमा बढाएका थिए ।

तिमिल्सेना पनि महाधिबेशन प्रतिनिधि चयन भएका छन् । पौडेल पक्षबाट महिला नेतृ तथा पुर्व मन्त्री गौतमकी पत्नि साबित्रा गौतम पनि सन्तोष जनक मतले महाधिबेशनमा प्रतिनिधि चयन भएकी छन् । जिल्ला कार्यकर्ता माझ भिजेकी नेतृ गौतमलाई जिल्ला सभापति प्रतिस्पर्धा गराउँन चर्को दवाव छ । खेमा खेमा बिच भईरहेको द्वन्द्वले जिल्ला सभापति को हुने र कसले टिकट पाउँने विषय जटिलता तर्फ उन्मुख भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय