बर्दियामा अबैध सामानसहित दुई पक्राउ
शनिबार, मङि्सर ११, २०७८ मा प्रकाशित

बर्दिया,मंसिर ११ (फरकसमाचार) / अबैध किराना सामानसहित दुई जनालाई सशस्त्र प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

भारतबाट भन्सार छली अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेको सामानसहित दुई जनालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने बढैयाताल गाउँपालिका–२ चालिसे चोक बस्ने ३५ वर्षिय गोरख खत्री र २१ वर्षिय सन्तोष बस्नेत रहेका छन् ।

सशस्त्र प्रहरीले मुल्य रु ८२ हजार ५ सय बराबरको अबैध सामान बरामद गरेको छ । दुवै जनाले अबैध रुपमा किराना सामान, फेन्सी कपडा, डिएपि मल, चिनी र प्लाष्टिक झोला ल्याउदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

सामानसहित दुवैलाई कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले जानकारी दिए । सिमानामा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गरी अमनचयन कायम राख्न सशस्त्र प्रहरी तत्पर रहेको उपरीक्षक रावतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय