बर्दिया काँग्रेसमा दुई गुट बिच टकराव
आइतबार, मङि्सर १२, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया,मंसिर १२

चुनावी अभियानमा लागेका दुई गुटका नेता बिच टकराव छ । वडा अधिबेशन देखि दुई गुट हुँदा कुनै पनि उम्मेदवारी सहमतिमा चयन हुन सकेको छैन । यस्तै गरी नै जिल्ला सभापति चयनको संघारमा नेपाली काँग्रेस पुगेको छ । देउवा र पौडेल गुट जिल्लामा अरु भन्दा बलियो छ । पौडेल पक्षका पूर्व मन्त्री संजय कुमार गौतम र केन्द्रिय सदस्य किशोर राठोरले नेता हुन् ।

संघयि निर्वाचन क्षेत्र बर्दियामा दुई वटा छन् । क्षेत्र नं. १ मा पौडेल पक्ष बलियो भएको गौतमले पुष्टि गरे भने निर्वाचन क्षेत्र नं २ देउवा पक्षको संघिय सभापतिमा प्यानल बिजयी गराएर राठोरले क्षेत्र नं. २ मा देउवाको बर्चस्व रहेका पुष्टि गरे ।

वडा अघिबेशन अन्य उपगुट देखिएपनि जिल्ला सभापतिको निर्वाचनसम्म पुग्दा स–साना उपगुट कता हराए कता हराए । निष्ठा र प्रतिष्ठाको लडाई भन्दा नजिक भएर च्याप्लुसी गर्ने कार्यकर्तालाई जिल्ला हाक्ने राठोर र गौतम दुबै नेताले जिल्लामा चान्स दिने गरेको कार्यकर्ताले आरोप लगाउँछन् । ‘निष्ठा र आस्थाको राजनिति गर्ने पाखा लाई सके’ नाम नखोल्ने शर्तमा एक कार्यकर्ताले भने, ‘नेताहरुले कार्यकर्तालाई पालो मिचेर अघि बढाईदिने प्रबृति हाबी छ ।’

नेपाली काँग्रेसको चौधौ महाधिबेशनका लागि बर्दियामा विभिन्न चरणको चुनाव जारी छ । नेपाली कांग्रेस भित्र बिभिन्न चरणमा हुने निर्वाचनमा सहमति नजुट्दा नेता नेता बिचको मनमुटाव चुलिदै गएको छ । जिल्ला सभापतिको सोमवार निर्वाचन हुदैछ । जिल्लामा हाबी भएका मुल गुट दुई वटा छन् । यतिबेला गुट र उपगुट पनि नेता पिच्छे मौलाएको पाईएको छ । शिर्ष नेता सिध्याउने र उठाउँने खेलमा लागेका गुट जिल्लाको अन्तिम चरणको निर्वाचनमा प्रबेश गर्दैछ । त्यसका लागि पौडेल पक्षले जिल्ला सभापतिका लागि भुवनेश्वर चौधरी उम्मेदवारी शनिवार बिहान बिरु चौधरीको फेस बुक मार्फत सार्वजनिक गरे ।

जिल्लाको निर्वाचनमा कमजोर देखिएको पौडेल पक्षले अन्य पदको नामावलि गोप्य राखेको छ । आफ्नो उम्मेदवार चौधरीको हकहित संरक्षण गर्ने नारा दिएर चौधरीको प्रचार प्रसार भईरहेको छ । यो जिल्ला थारुको बाहुल्य भएको जिल्ला हो । उता देउवा पक्षमा सहमति जुटन नसक्दा शनिवार दिउँस सभापति पदका लागि अरुण प्रकाश सिंह राठोर सार्वजनिक भएका छन् । राठोर पूर्व सभापति हुन् । राठोरको पहिल्य देखि नै नाम आईरहेका यो नाम चाहि नौलो होईन ।

२ नम्बर निर्वाचन क्षेत्र देउवा पक्ष बर्चस्व कायम राख्न राठोरको योगदान रहेको कार्यकर्ताले स्मरण गर्छन् । सरसर्ती गरिएको सर्वेक्षणमा देउवा पक्षका राठोरको जित सुनिश्चित छ । आफ्नो निर्वाचन क्षेत्र प्यानल जिताएका उनले सोमबार हुने निर्वाचन दुई तिहाई मत राठोरको पक्षमा देखिन्छ । तर, देउवा पक्ष बलियो भएकोले सभापति बाहेकका पद अझै टुगो लाग्न सकेको छैन ।

देउवा पक्षमा पद लिन तछाड मछाड छ । देउवा पक्षका नेपालीका काँग्रेसका केन्द्रिय सदस्य किशोर राठोर, जन्मजय तिमिल्सेना, अरुण राठोर र गोपाल दहितले आफ्ना भनिएका कार्यकता टिम ल्याउँन कसरतका अन्य पदको नाम सार्वजनिक गर्न नसकेको स्रोत दाबी गर्छ । देउवा पक्षमा द्वन्द्व बढेमा असहयोग भएमा भने कोले बाजी मार्ला फेरि अनिश्चित बन्छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय