चितवनमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु
आइतबार, मङि्सर १२, २०७८ मा प्रकाशित

चितवन, मंसिर १२ / चितवनको एक घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ।

शनिबार राप्ती नगरपालिका वडा नम्बर १ मैनाटारस्थित जीतबहादुर रुम्बाको घरमा आगलागी भएको थियो। आगलागीमा परी जितबहादुरका ३ वर्षीय नाति सुरज र नातिनी मनिषा तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

आगलागीबाट घर, लत्ताकपडा, खाद्यान्न, भाडाकुँडा पूर्ण रुपमाजलेर नष्ट भएको छ।

घरमा अभिभावक नभएकोबेला आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले बताए।

सोलारको ब्याट्री सर्ट भई आगलागी भएको अनुमान गरिएको छ। शनिबार घटना भए पनि विकट पहाडी क्षेत्र भएकाले आइतबार मात्र घटनाको जानकारी गराएको प्रहरीले जनाएको छ।

शव परीक्षणका लागि भरतपुर अस्पतालमा पठाइएको छ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय