काठमाडौंको सोल्टी दोबाटोबाट सुन कछुवासहित चारजना पक्राउ
आइतबार, मङि्सर १२, २०७८ मा प्रकाशित

काठमाडौं, मंसिर १२। महानगरीय प्रहरी वृत्त कालिमाटीले सुन कछुवासहित चार जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१३ सोल्टी दोबाटोबाट १ थान पहेंलो सुन कछुवा र नगद ३६ हजार ६ सय ५५ रुपैयाँ सहित सोही महानगरपालिका-१६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङलगायत चार जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर