आज सदरमुकाम गुलरियामा काँग्रेसको महामेला
सोमबार, मङि्सर १३, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया,मंसिर १३ / नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्र्तगत आज जिल्ला सभापति चयनको लागि निर्वाचन भईरहेको छ ।वडा अधिबेशनबाट चुनिएका सबैले मत हाल्दैछन् । १६ सय बढी नेपाली काग्रेसका मत दाता गुलरियामा जम्मा हुदै छन् । जिल्ला कार्यसमिति निर्वाचनका लागि उम्मेदवारले सोमबार नोमिनेशन दर्ता गराएका हुन् । १४औं महाधिवेशनको विभिन्न चरणको निर्वाचन भई सोमबार जिल्ला सभापति चयनको लागि निर्वाचन हुदैछ ।

जिल्लामा देउवा र पौडेल गुटबिच मनमुटाबकासाथ विभिन्न चरणको निर्वाचन भई जिल्ला सभापति चयनसम्म पुगेको छ । बर्दियामा निर्वाचन क्षेत्र दुई वटा छन् । जिल्ला सभापतिको लागि भुवनेश्वर चौधरी र अरुण प्रकाश सिंह राठोरले आईतबार नोमिनेशन दर्ता गराएका छन् । चौधरी पौडेल पक्षका हुन भने राठोर देउवा पक्षका हुन् ।

दुवै पक्षका नेताबिच आपसी सहमति नहुँदा निर्वाचनको संघारमा पुगेका छन् । आज भईरहेको निर्वाचनमा कसले फड्को मारी जिल्ला सभापतिमा चयन हुने यति बेला अन्योल छ । क्षेत्र नम्बर १ मा पौडेल र क्षेत्र नम्बर २ मा देउवा पक्ष बलियो देखिए पनि जिल्ला सभापति कुन पक्षले हात पार्ने यति बेला चर्चा चलेको छ । स्थानीयको आँकलन अनुसार देउवा पक्षका राठोरको जित सुनिश्चित छ । प्रतिनिधि सभा क्षेत्रिय अधिवेशनको निर्वाचनमा देउवा पक्षका राठोरले क्षेत्र नम्बर २ मा प्यानल जिताएका छन् । त्यसैले सोमबार भईरहेको जिल्ला सभापतिको निर्वाचनमा राठोरको जित सुनिश्चिन भएको स्थानीयले आँकलन गर्छन् । देउवा पक्ष १ सय ७२ मतान्तरले पौडेल पक्षका पधाधिकारीका भन्दा अघि छ ।

नेपाली काँग्रेसको जिल्ला सभापतिको चुनाव गुलरिया नगरपालिकाको मैदानमा बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म मतदान हुनेछ । जिल्ला कार्यसमितिको निर्वाचनमा सभापति पदको लागि १ जना, उपसभापतिमा २ जना, सचिवमा २ जना, सहसचिवमा २ जना, प्रत्यक्ष खुल्ला सदस्यमा २२ जना, खसआर्यमा ३ जना, आदिवासी जनजातिमा १ जना, मधेशीमा १ जना, दलितमा २ जना, थारु खुल्लामा ८ जना, मुस्लिममा १ जना, अल्पसंख्यक अपांङमा १ जना, केन्द्रिय महाधिवेशन प्रतिनिधि अपांङमा १, प्रदेश अधिवेशन प्रतिनिधि अपांङ १, प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट १२ जना र क्षेत्र नम्बर २ बाट १२ जना गरी महासमिति सदस्यको पदाधिकारी चयन हुने अधिबक्ता तथा निर्वाचन अधिकृत विर बहादुर रोकायले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय