बर्दिया प्रिमियर लिग क्रिकेट आजदेखि सुरु
सोमबार, मङि्सर १३, २०७८ मा प्रकाशित

बर्दिया, मंसिर १३ (फरकसमाचार) / जिल्लाकै ठुलो धनराशीको बर्दिया प्रिमियर लिग क्रिकेट आज (सोमबार) बाट सुरु भएको छ । गुलरिया नगरपालिका–४ स्थित कवर्ड हालको खेल मैदानमा प्रिमियर लिग क्रिकेट सुरु भएको हो ।
देशको विभिन्न ठाउँबाट क्रिकेटका ८ टिमले प्रिमियर लिगमा सहभागिता जनाएको आईतबार प्रेस सम्मेलनमा आयोजक नयाँ शिरा युवा क्लवले

जनाएको छ । जिल्लामा पहिलो पटक ठुलो पुरस्कार राशीको क्रिकेट लिग युवा क्लवका अध्यक्ष प्रमोद चन्दको स्वर्गीय बुवा बीर बहादुर चन्दको सम्झानामा बर्दिया प्रिमियर लिगको आयोजना भएको हो । जिल्लाका २ टिम र अन्य जिल्लाका ६ टिमले क्रिकेट प्रतियोगितामा सहभागिता जनाएका छन् ।

बर्दियाबाट बर्दिया क्रिकेट एकेडेमी र रोयल किङ्गस्, बाँकेबाट बाँके ११, धनगढी क्रिकेट एकेडेमी, महेन्द्रनगर क्रिकेट एकेडेमी, हिमालयन क्रिकेट एकेडेमी काठमाडौं, नेशनल एकेडेमी बुटवल र स्टार एकेडेमी भैरहवाले प्रिमियर लिगमा भाग लिएका छन् ।
क्रिकेट प्रतियोगिता मंसिर १३ गते सुरु भई फाईनल खेल मंसिर २१ गते हुने क्लवका उपाध्यक्ष रमेश कुमार केसीले जानकारी दिए । आज सोमबार पहिलो दिन १२ बजेदेखि जिल्लाका दुई टिमबिच प्रतिस्पर्धा हुनेछ । बर्दिया क्रिकेट एकेडेमी भिएस रोयल किङ्गस््बिच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो दिनदेखि दुई सिफ्टमा खेल हुन्छ । बिहान ९ बजेदेखि पहिलो सिफ्ट र १२ बजेदेखि दोस्रो सिफ्टको खेल हुन्छ ।
प्रिमियर लिग क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमले रु. १ लाख ११ हजार १ सय ११ पुरस्कार पाउनेछ ।

त्यसैगरी दोस्रो हुने टिमले ५१ हजार १ सय ११ पुरस्कार पाउने आयोजक क्लवले जनाएको छ । साथै प्रतक खेलको म्यान अफ द म्याचले १ हजार, म्यान अफ द सिरिजले १० हजार, बेस्ट ब्यटर, बलर र उदयमान खेलाडीले ५ हजार हात पार्ने छन् । खेल समुह चरण हुदै सेमी–फाइनल र फाइनल हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय