दलिय निर्वाचन भन्दा नेपाली काँग्रेसको आन्तरिक निर्वाचनमा बढी प्रतिस्पर्धा
मङ्गलबार, मङि्सर १४, २०७८ मा प्रकाशित

बर्दिया,मंसिर १४ (फरकसमाचार)

दलिय निर्वाचन भन्दा नेपाली काँग्रेसको आन्तरिक निर्वाचनमा बढी प्रतिस्पर्धा देखिएको छ । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्र्तगत विभिन्न चरणको निर्वाचनमा आफ्नै पार्टीभित्र बढी प्रतिस्पर्धा देखिएको हो । सोमबार जिल्ला कार्यसमिति चयनको लागि भएको निर्वाचनमा पनि देउवा पक्ष र पौडेल पक्ष बिच तिब्र प्रतिस्पर्धा रह्यो ।

बिहान ८ बजेदेखि ४ बजेसम्म भएको निर्वाचनमा दुवै पक्षका नेता र कार्यकर्ताले व्यापक प्रचार प्रसार गरे । गुलरिया नगरपालिकाको मैदानमा निर्वाचन भएको हो । दुवै पक्षका नेताले मतदाताहरु आफ्नो प्यानल अनुसार मतदान गर्ने विश्वास लिएपनि वास्तवमा त्यस्तो देखिएन । मतदाताले प्यानल अनुसार मतदान नगरि व्यक्ति अनुसार मतदान गरेको नाम नखोल्ने सर्तमा एक मतदाताले सुनाए ।

भुवनेश्वर चौधरी र अरुण प्रकाश सिंह राठोर जिल्ला सभापतिका उम्मेदवार हुन् । चौधरी पौडेल पक्षका हुन भने राठोर देउवा पक्षका हुन् । सोमबार भएको निर्वाचनमा दुवै पक्षबिच कडा प्रतिस्पर्धा देखियो ।

क्षेत्र नम्बर १ मा पौडेल पक्ष र क्षेत्र नम्बर २ मा देउवा पक्ष बलियो देखिए पनि जिल्ला सभापतिमा कुन पक्षले बाजी मार्ने अन्योल छ । मतगणनाको परिणाम आएपछि को चयन भएको टुंगो लाग्नेछ । जिल्ला कार्यसमितिको लागि सोमबार भएको निर्वाचनमा १ हजार ६ सय २५ मतदाता मध्ये १ हजार ५ सय ७८ मतदाताले मतदान गरेका छन् भने ४७ मतदाताले मतदान गर्न आएनन् ।

जिल्ला कार्यसमितिको निर्वाचनमा सभापति पदको लागि १ जना, उपसभापतिमा २ जना, सचिवमा २ जना, सहसचिवमा २ जना, प्रत्यक्ष खुल्ला सदस्यमा २२ जना, खसआर्यमा ३ जना, आदिवासी जनजातिमा १ जना, मधेशीमा १ जना, दलितमा २ जना, थारु खुल्लामा ८ जना, मुस्लिममा १ जना, अल्पसंख्यक अपांङमा १ जना, केन्द्रिय महाधिवेशन प्रतिनिधि अपांङमा १, प्रदेश अधिवेशन प्रतिनिधि अपांङ १, प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट १२ जना र क्षेत्र नम्बर २ बाट १२ जना गरी महासमिति सदस्यको पदाधिकारी चयनको लागि सोमबार निर्वाचन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय