बर्दियामा काँग्रेसको जिल्ला कार्यसमितिमा राठोर प्यानल विजयी
बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित

बर्दिया,मंसिर १५(फरकसमाचार)

नेपाली काँग्रेसको जिल्ला कार्यसमितिमा राठोर प्यानल विजयी भएको छ । जिल्ला सभापतिमा अरुण प्रकाश सिंह राठोर विजयी भएका हुन् । सोमबार जिल्ला कार्यसमितिको लागि भएको निर्वाचनमा राठोरको पुरै प्यानल विजयी भएको छ ।

राठोर देउवा पक्षका हुन् । बर्दिया क्षेत्र नम्बर १ मा पौडेल पक्ष बलियो देखिए पनि पुरै प्यानल पराजय भोग्नु प¥र्यो । निर्वाचनमा दुवै पक्षबिच कडा प्रतिस्पर्धा देखिएको थियो । राठोरले ८ सय ७० मत प्राप्त गरेका छन् भने उनका पतिस्पर्धी भुवनेश्वर चौधरीले ६ सय ७८ मत प्राप्त गरेका छन् ।

चौधरी भन्दा १ सय ९२ मत बढी प्राप्त गरी राठोर विजय भएका हुन् । पराजय भोगेका चौधरी नेपाली काँग्रेसबाट लुम्बिनी प्रदेश सांसद हुन् । जिल्ला कार्यसमितिको निर्वाचनमा १ हजार ६ सय २५ मतदाता मध्ये १ हजार ५ सय ७८ मतदाताले मतदान गरेका छन् भने ४७ मतदाताले मतदान गरेनन् ।

नवनिर्वाचित जिल्ला सभापति राठोरले दुवै पक्षलाई एक ढिक्का बनाएर अगाडि बढ्ने बताए । ‘नेपाली काँग्रेसको आन्तरिक निर्वाचनमा पक्ष विपक्ष भई प्रतिस्पर्धा ग¥यौ’ राठोरले भने, ‘अब पक्ष विपक्षमा विभाजित नभई सिङ्गो नेपाली काँग्रेस पार्टीका हौं ।’ जिल्लामा दुवै पक्षका साथीहरुलाई एकबद्ध बनाई बर्दियालाई नेपाली काँग्रेसमय बनाउने उनले बताए ।

उप–सभापतिमा गोविन्द प्रसाद थारुले ८ सय ६०, सोदे विष्टले ८ सय ५९ मत प्राप्त गरी विजयी भएका छन् भने उनीहरुका प्रतिस्पर्धी तिलक बहादुर बुढाक्षेत्रीले ६ सय १४ र सुभाष कुमार पोखरेलले ६ सय मत ल्याई पराजय भएका छन् । सचिवमा जग्गा प्रसाद पाण्डेले ८ सय २९, मिनराज चौधरी ८ सय ४७ मत प्राप्त गरी विजयी भएका छन् भने उनीहरुका प्रतिस्पर्धी दिपकराज तिमिल्सेना ६ सय ६३ र सुधांशु प्रकाश शर्मा (लालु) ६ सय ५३ मत ल्याई पराजय भएका छन् । सहसचिवमा तिलकराम लम्सालले ९ सय ५३ र मेक बहादुर गुरुङ्गले ८ सय ९२ मत प्राप्त गरी विजयी भएका छन् भने उनीहरुका प्रतिस्पर्धी बिनोद राय यादवले ५ सय ७३ र युगपति पौडेलले ५ सय ७० मत ल्याई पराजय भएका छन् । तिलकराम लम्साल र महिला सदस्यमा लक्ष्मी ढकाल लम्साललले उत्कृष्ट मत प्राप्त गरे ।

बढैयाताल गाउँपालिका प्रत्यक्ष सदस्यमा शिव रानाभाटले ८ सय ८७ मत ल्याई विजयी भएका छन् । गेरुवा गाउँपालिका प्रत्यक्ष सदस्य महिलामा सोनु शाहीले ८ सय ३२ मत प्राप्त गरी विजयी भएकी छन् ।

बाँसगढी नगरपालिका प्रत्यक्ष सदस्य महिलामा बिष्णुमाया पौडेलले ८ सय १६ मत प्राप्त गरी विजयी भएकी छन् । प्रत्यक्ष सदस्यमा चन्द्रिका प्रसाद थारुले ९ सय १ र राजु प्रसाद शर्माले ८ सय ३७ मत प्राप्त गरी विजयी भएका छन् । गुलरिया नगरपालिका प्रत्यक्ष सदस्य महिलामा शंखी चौधरीले ८ सय ७४ मत प्राप्त गरी विजयी भएकी छन् । प्रत्यक्ष सदस्यमा जनक यादवले ८ सय ६८ र राम प्रवेश यादवले ८ सय १९ मत प्राप्त गरी विजयी भएका छन् ।

बारबर्दिया नगरपालिका प्रत्यक्ष महिलामा कोपिला गिरीले ८ सय ८१ मत प्राप्त गरी विजयी भएकी छन् । प्रत्यक्ष सदस्यमा कृष्ण प्रसाद पोखरेलले ८ सय ९७ र मोहनलाल थारुले ९ सय ४ मत ल्याई जितेका हुन् । ठाकुरबाबा नगरपालिका प्रत्यक्ष महिलामा तारा देवि अधिकारी ८ सय ५३ मत प्राप्त गरी विजयी भएकी छन् । प्रत्यक्ष सदस्यमा लिला भाटले ८ सय ८३ र सुर्य बहादुर बिष्टले ८ सय ३८ मत ल्याई विजयी भएका छन् । मधुवन नगरपालिका प्रत्यक्ष महिलामा मेघा गुरुङ्गले ८ सय ७२ मत ल्याई विजयी भईन् । प्रत्यक्ष सदस्यमा कमान सिंह वलीले ८ सय ६८ र केदारनाथ पौडेलले ८ सय ६४ मत ल्याई विजयी भएका छन् ।

राजापुर नगरपालिका प्रत्यक्ष सदस्य महिलामा सिता चौधरीले ९ सय १९ मत ल्याई विजयी भएकी छन् । प्रत्यक्ष सदस्यमा कृष्ण प्रसाद जैशीले ९ सय ३३ र महादेव चौधरीले ९ सय ५१ मत प्राप्त गरी विजयी भएका छन् ।

सदस्य खसआर्य महिलामा लक्ष्मी ढकाल लम्सालले ८ सय ९१ मत ल्याई विजयी भईन् । सदस्य खसआर्य खुल्लामा कमल प्रसाद रेग्मीले ८ सय ६८ र महेन्द्र प्रकाश गिरीले ८ सय ३१ मत प्राप्त गरी विजयी भएका छन् । सदस्य आदिवासी जनजातीमा कमल बहादुर रोकायले ८ सय ३३ मत प्राप्त गरी विजयी भएका छन् । सदस्य मधेशीमा श्रीनिवास वर्मा कुर्मीले ८ सय ४८ मत ल्याई विजयी भएका छन् । सदस्य दलित महिलामा लक्ष्मी सुनारले ८ सय ६२ मत ल्याई विजयी भईन् ।

सदस्य दलित खुल्लामा धनविर परियारले ८ सय ५६ मत ल्याई विजयी भएका छन् । सदस्य थारु महिलामा प्रमिला चौधरीले ६ सय ५४, बुधनी थरुनीले ८ सय ३३, शान्ति चौधरीले ८ सय ७२ र सुन्दरी चौधरीले ८ सय ६९ मत ल्याई विजयी भएकी छन् ।

सदस्य थारु खुल्लामा खुशिराम थारुले ८ सय ५८, जगतराम चौधरी ८ सय ४४, दिनेश कुमार थारुले ७ सय ९३ र राजेश कुमार थारुले ६ सय ७४ मत ल्याई विजयी भएका छन् । सदस्य मुस्लिम खुल्लामा अब्दुल हसन हलवाईले ९ सय मत ल्याई विजयी भएका छन् ।केन्द्रिय महाधिवेशन प्रतिनिधि अपांङ्गमा अशोक कुमार सोडारीले ८ सय १६ मत ल्याई विजयी भएका छन् ।

प्रदेश अधिवेशन प्रतिनिधि अपांङ्गमा लाल बहादुर डांगीले ८ सय ३६ मत ल्याई विजयी भएको निर्वाचन अधिकृत बिरबहादुर रोकायले घोषणा गरेका थिए । महासमिति सदस्यमा क्षेत्र नम्बर १ बाट पुर्व मन्त्री संजय कुमार गौतम, जन्मजय तिमिल्सेनालगायत १२ जना र क्षेत्र नम्बर २ बाट १२ जना गरी सर्वसहमत चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय