बाँके ११ र स्टार सेमी फाइनलमा प्रवेश
बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित

बर्दिया,मंसिर १६ (फरकसमाचार)

बर्दिया प्रिमियर लिगमा समूह ए बाट बाँके ११ र स्टार क्रिकेट एकेडेमी सेमी फाइनलमा प्रवेश भएका छन् । बुधबारको भएको पहिलो खेलबाट स्टार क्रिकेट एकेडेमीले ७९ रनले बर्दिया क्रिकेट माथि फराकिलो जित निकालेको हो । त्यसैगरी दोस्रो खेलबाट बाँके ११ ले रोयल किंग्स माथि ८७ रनले फराकिलो जित निकालेको हो ।

गुलरिया नगरपालिका–५ स्थित कबर्ड हल खेलकुद मैदानमा टस जितेर ब्याटिङ रोजेको बाँके ११ ले निर्धारित १७ ओभरमा ६ विकेट गुमाउदै १ सय ६० रन जोडेको थियो । बाँकेका सुरुवाती ब्यटर प्रनित थापा मगरले ३४ बलमा ६४ रन जोडे । प्रतियोगिताको तेस्रो अर्धसतक प्रहार गर्ने क्रममा उनले ४ चौका र ६ छक्का प्रहार गरेका थिए ।

साथै अर्का सुरुवाती ब्यटर रोहन केसीले १६ बलमा ११ रन जोडे । साथै मध्यक्रमका ब्यटर सोम शर्मा तथा अजय साहनीले अन्तिम ओभर तिर आक्रामक पारी खेल्दा बाँकेले विशाल लक्ष्य प्रस्तुत गरेको थियो । सोमले २५ बलमा २८ रन जोडे । अजयले ८ बलमा २ चौका र २ छक्काको मद्दतमा २६ रनको आक्रामक पारी खेले ।

रोयल किंग्सका विशाल पौडेलले ४ ओभरमा ५० रन खर्चिएर ४ विकेट लिए । यस्तै अमित तामाङले ३ ओभरमा २६ रन खर्चिएर १ विकेट लिए ।
१ सय ६१ रनको विशाल लक्ष्य लिएर मैदान आएको रोयल किंग्सले निर्धारित १७ ओभरमा ८ विकेट गुमाउदै ७८ रन जोडे । रोयलले आफ्नो सुरुवात नै निकै सुस्तो गरेको थियो ।

६ ओभरको रोयलले १५ रन जोड्दै २ विकेट गुमाएको थियो । रोयलका मध्यक्रमका ब्यटर रमेश सिंहले २२ बलमा २१ रन जोडे । उनले २ छक्का प्रहार गरे ।

बाँकेका गौतमले २ ओभरमा मात्र ५ रन खर्चिएर ३ विकेट लिएका छन् । अजय साहनीले ३ ओभरमा ८ रन खर्चिएर ३ विकेट लिएका छन् । खेलको म्यान अफ द म्याच प्रनित थापा मगर भएका छन् ।

आज पहिलो खेलमा महेन्द्रनगर क्रिकेट एकेडेमी र धनगडी क्रिकेट एकेडेमी बिच हुनेछ भने दोस्रो खेल स्टार क्रिकेट एकेडेमी र बाँके ११ बीच हुने छ । आजको दोस्रो खेलबाट समुह ए को विजेताको टुंगो लाग्नेछ । प्रतियोगितामा कुल देशभरका ८ टोलीको सहभागिता रहेको छ । ८ टोलीलाई २ समूहमा बिभाजन गरेको छ ।

समूह ए मा बर्दिया क्रिकेट एकेडेमी, रोयल किंग्स, स्टार क्रिकेट एकेडेमी र बाँके ११ रहेका छन् । समूह बि मा धनगडी क्रिकेट एकेडेमी, हिमालयन क्रिकेट एकेडेमी, नेशनल क्रिकेट एकेडेमी र महेन्द्रनगर क्रिकेट एकेडेमी रहेका छन् । प्रतेक टोलीले आफ्नो समूहको टोलीसंग एक आपसमा खेल्ने छन् ।

समूह चरणको खेल मंसिर १९ गतेसम्म हुने छ । सेमी फाइनलको खेल २० गते हुनेछ र फाइनल खेल २१ गते हुनेछ । प्रिमियर लिग क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमले रु. १ लाख ११ हजार १ सय ११ पुरस्कार पाउनेछ । त्यसैगरी दोस्रो हुने टिमले ५१ हजार १ सय ११ पुरस्कार पाउने आयोजक नयाँ शिरा युवा क्लवले जनाएको छ ।

युवा क्लवका अध्यक्ष प्रमोद चन्दको स्वर्गीय बुवा बीर बहादुर चन्दको सम्झानामा बर्दिया प्रिमियर लिगको आयोजना गरिएको छ । जिल्लाका २ टिम र अन्य जिल्लाका ६ टिमले क्रिकेट प्रतियोगितामा सहभागिता जनाएका छन् । दिनमा दुई सिफ्टमा खेल हुन्छ । पहिलो सिफ्टको खेल ९ बजेदेखि सुरु हुन्छ, भने दोस्रो सिफ्टको खेल दिउसो १२ बजेदेखि सुरु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर