२ लाख ८० हजार बराबरको अबैध काठ बरामद
बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित

बर्दिया,मंसिर १६ (फरकसमाचार) / सशस्त्र प्रहरीले २ लाख ८० हजार मुल्य बराबरको अबैध काठ बुधबार पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले गुलरिया नगरपालिका–१० रंगीपुरवा स्थित भादा नदिको किनारमा बेवारिसे अवस्थामा सिमलको काठ बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण मातहत बिओपी कालाबन्जारबाट खटिएको प्रहरी टोलीले काठ बरामद गरेको हो ।

बरामद अबैध काठ ३ सय ५० क्युफिट रहेको सशस्त्र प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । बरामद अबैध काठ जिल्ला बन कार्यालयमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले जानकारी दिए ।

खुल्ला सिमामा हुने अपराधिक गतिविधि रोक्न सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर गण र मातहत विओपीबाट व्यापक रुपमा प्रहरी गस्ति परिचालन भएको समेत उपरीक्ष रावतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर